बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वर्षाका कारण हवाई र सडक मार्ग अवरुद्ध हुनसक्ने: सतर्क रहन अपिल

वर्षाका कारण हवाई र सडक मार्ग अवरुद्ध हुनसक्ने: सतर्क रहन अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- केहि दिनदेखि दिनहुँजसो साँझ र बिहान मेघगर्जनसहित भएको वर्षा अझै तीन दिन जारी रहने भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित वर्षा हुनेछ भने केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बद्लीसँगै वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।  

विहीबार देशभर सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 
यस्तै, शुक्रबार र शनिबार पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

भारी वर्षाका कारण पहाडि भु-भागमा पहिरोको  जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने महाशाखाले जनाएको छ । नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि अपिल गरिएको छ । 

यस्ताे हुनेछ तीन दिनकाे माैसम

भाद्र १९ गते (बिहिबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

 भाद्र २० गते (शुक्रबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।

 भाद्र २१ गते (शनिबार)
दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि पहाडी भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।