भारत र पाकिस्तानका शिख धर्मावलम्बीलाई एक अर्काको देशमा रहेका धर्मस्थलहरुमा बेरोकटोक प्रवेश सहज बनाउने मार्ग करतारपुर कोरिडोर खुला गर्ने विषयमा आज भारत र पाकिस्तानबीच छलफल हुने भएको छ।
प्रस्तावित अन्तरदेशीय मार्ग करतारपुर करिडोरले भारतको पंजाब राज्यमा रहेको डेरा बाबा नानक शाहीब तीर्थस्थलबाट पाकिस्तानको पंजाब राज्यमा रहेको गुरुद्वारा दरबार शाहीब करतारपुरलाई जोड्छ।
न्युजिल्यान्डको रोटोर्वा नजिकै चिनियाँ पर्यटकीय सवारी दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिकको मृत्यु भएको छ। न्युजिल्यान्डस्थित चिनियाँ दूतावासका अधिकारीले उक्त दुर्घटनामा ६ जना चिनियाँ नागरिकको ज्यान गएको बताएका छन्।
पाकिस्तानले कश्मीरबारे भ्रम फैलाएको भारतका विदेशमन्त्री एस जयशंकरले टिप्पणी गरेका छन्। युरोप भ्रमणका दौरान ब्रसेल्समा सञ्चारकर्मीसँगको भेटघाटका क्रममा जयशंकरले कश्मीर केवल भारतको आन्तरिक मामिला भएको प्रष्ट्याएका छन्। तर पछिल्लो समय चालिएको कदम आतंकवाद नियन्त्रण र त्यहाँको आर्थिक विकासका लागि भएको उनको स्पष्टोक्ती थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ‘फेन्टानिल’ नामक औषधिका कारण अमेरिकी नागरिकको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ भन्दै चीनले खण्डन गरेको छ।
अफ्गानिस्तानमा तालिबान लडाकु र संयुक्त राज्य अमेरिकाबीच भएको दुईपक्षीय वार्तामा एउटा सैद्धान्तिक सहमति भएको छ। उक्त सहमतिमा संयुक्त राज्य अमेरिकाले २० साताभित्र अफगानिस्तानमा तैनाथ पाँच हजार चार सय अमेरिकी सेना फिर्ता लाने भएको छ। तालिबानसँगको वार्तामा सहभागी एक अमेरिकी वार्ताकारले अमेरिकाले २० साताभित्र सो संख्यामा अमेरिकी सेना फिर्ता लाने जनाएका हुन्।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामको एउटा वक्तब्य सार्वजनिक भएपछि उनले त्यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेकी छन्। उक्त वक्तब्यमा उनले 'मिल्थ्यो भने राजीनामा दिन्थें' भन्ने सुनिएको थियो। आफ्नो पछिल्लो भनाइप्रति प्रतिकृया दिँदै उनले आफूले कहिले पनि राजीनामा दिन नखोजेको प्रष्ट पारेकी छन्।
चिनियाँ राष्ट्रपति सि जिन पिङले चीन यतिबेला एकीकृत जोखिममा फसेको बताएका छन्। आर्थिक, राजनीतिक र कुटनीतिक चुनौतीसँग चीन जुध्नुपर्ने उनले बताए। ७०औं वार्षिकोत्सवका अवसरमा विशाल सैन्य परेडबीच उनले मंगलबार यस्तो बताएका हुन्।
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हुने भएको छ। उनी राष्ट्रपति सि जिनपिङ्ग नेपाल भ्रमणमा आउने सम्भावना बढेपछि आवश्यक तयारीका लागि नेपाल आउन लागेका हुन्। आगामी असोज अन्तिम साता भारत भ्रमणमा निस्कन लागेका सी सोही क्रममा नेपाल आउने सम्भावना छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा आउन लागेका चीनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। दुवै देशका मन्त्रीबीच द्वीपक्षीय एजेण्डामा छलफल हुनेछ।
भारतीय सरकारले भारतको आर्थिक राजधानी मुम्बईस्थित एक होटलमा सन् २००८ मा भएको आतंककारी हमलाका मास्टरमाइण्ड भनिएका हाफिज सईदसहित चार आतंकवादीहरुलाई संशोधित गैह्र कानुनी गतिविधि कार्य अन्तर्गत बुधवार आतंकवादी घोषित गरिएको हो। हाफिजका अतिरिक्त, जैश-ए-मोहम्मदका प्रमुख मसूद अजहर, लश्कर-ए-तैयबा प्रमुख जकी-उर-रहमान लखवी तथा भूमिगत संगठित अपराधका डन दाऊद इब्राहिमलाई आतंकवादी घोषित गरिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच रुसको पूर्वी शहर भ्लादिभोस्टोकमा भेटवार्ता भएको छ। उक्त भेटका क्रममा मोदीले नाम नलीइकनै पाकिस्तानलाई लक्षित गर्दै कडा सन्देश दिएका छन्। उनी भारत-रूसको २० औं वार्षिक सम्मेलनमा भाग लिन त्यहाँ पुगेका हुन्।