शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका बर्खास्त मन्त्री खत्रीसँग अदालतले माग्यो ५ लाख धरौटी

कर्णालीका बर्खास्त मन्त्री खत्रीसँग अदालतले माग्यो ५ लाख धरौटी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - बर्खास्तमा परेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खडकबहादुर खत्रीसँग पाटन उच्च अदालतले ५ लाख धरौटी माग गरेको छ। 

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले खत्रीलाई ५ लाख धरौटी लिएर बाहिरै बसेर मुद्दा लड्न पाउने निर्णय सुनाएको खत्री निकट स्रोतले बताएको छ। 

उच्च अदालत पाटनमा संयुक्त वाणिज्य इजलासले मुलुकी फौजदारी संहित २०७४ को दफा ६८ र ७२ बमोजिम प्रतिवादी खत्रीसँग ५ लाख धरौटी माग गरेको हो। उनी विरुद्ध एक वर्षसम्म कैद माग गरिएको थियो। खत्रीसँगै अर्का अभियुक्त राजुप्रसाद श्रेष्ठसहित पाँच जनाविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उक्त आदेश दिइएको हो। 

खत्री साढे ११ बजे आफैं अदालतमा उपस्थित भएका थिए। अदालतले बयान लिएपछि थुनछेक बहस भएको थियो ।

गत २७ साउनमा बैंकले दायर गरेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले खत्रीलाई तीन दिन भित्र अदालतमा पेस गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएका थिए।

उनीहरूले १० जुन २०१६ मा ५५ लाख ५० हजार र सोही वर्ष ४ नोभेम्बरमा ५५ लाख ३० हजार रुपैयाँ बराबरको किर्ते बैंक ग्यारेन्टी गरेका थिए ।

एक करोड १० लाख ८० हजार रुपैयाँको गलत कारोबारको अभियोग उनीहरू माथि लागेको थियो। खत्रीलाई तीन हप्ताअघि उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी आजमात्रै अदालतमा उपस्थित भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।