शुक्रबार, वैशाख ७, २०८१

सरकार स्वयम् प्रतिगमनमा संलग्न : कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वयम् प्रतिगमनमा संलग्न भएको आरोप लगाएको छ।

झण्डै दुई महिनासम्म चलेको कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णयमा प्रतिगमनतर्फ औला देखाएर स्वयम् सरकार नै प्रतिगमनमा संलग्न भएको आरोप कांग्रेसको छ।

निर्णय सार्वजनिक गर्दै सहमहामन्त्री प्रकाशशरण महतले भने,‘वर्तमान ओली सरकारले डेढ वर्ष पूरा गर्दा जनतालाई निरास बनाएको छ। संस्थाहरुको दुरुपयोग, हत्या, हिंसा बलात्कार समान्य बनेको छ।’

अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने र समाजिक, धार्मिक संस्थालाई समाप्त पार्ने षड्यन्त्र सरकारले गरेको कांग्रेसको आरोप छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विश्वसनियता खस्केको दाबी गर्दै महतले भने, ‘सरकारकै कारण अन्तर्राष्ट्रिय लगानी घटेको छ। देशमा रोजगारीको अवसर बढेको छैन।’ वर्तमान कम्युनिष्ट सरकार थेरै समयमा धेरै पैसा कमाउनेहरुको झुण्डको अगाडि-पछाडि रहेको उनले दाबी गरे।

कांग्रेसको निर्णयमा सरकार संवैधानिक व्यवस्थाविरुद्ध षड्यन्त्र गर्न थालेको भनिएको छ भने सिंगापुरबाट भएको मन्त्रिपरिषद् बैठकको विरोध गरिएको छ। वाइडबडी, सुन काण्ड, बालुवाटार काण्ड मेलम्चीलगायतका काण्डको छानविनको माग कांग्रेसले गरेको छ।

संघीय संसद र प्रदेश सभामा सभामुख र उपसभामुख फरक-फरक पार्टीको हुनुपर्ने व्यवस्थाको सरकारले खिल्ली उडाएको दाबी कांग्रेसले गरेको छ।

यसैबीच, पार्टीको संघीय संरचना अनुसार समायोजन गर्ने विधिमा सहमति भएको महतले जनाएका छन्। ‘समायोजनको प्रक्रिया अगाडि बढेको छ। नयाँ व्यवस्था अनुसार संरचना बन्दैछ।’ उनले भने,‘अब महाधिवेशनको प्रक्रियालाई पनि अगाडि बढाउन सहज भएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।