बिहीबार, वैशाख १३, २०८१

जुम्लामा अक्सिजन उत्पादन सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - जुम्लामा आज (बुधबार) देखि अक्सिजन उत्पादन सुरु भएको छ। अक्सिजन प्लान्टको औपचारिक उद्घाटन भएसँगै अक्सिजन उत्पादन सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। 

अक्सिजन उत्पादन सुरुभएसँगै बिरामीलाई उपचारमा थप सहयोग मिल्ने अपेक्षा गरिएको छ। अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि वरदान हुने रजिष्ट्रार काफ्लेले बताए। लामो समयसम्म रोगको उपचार गराउन नेपालगञ्ज, कोहलपुर र सुर्खेतका बिरामी जुम्ला आउने गरेको प्रतिष्ठानले जनाएको छ। गर्मीका कारण उपचारमा समस्या हुने बिरामीहरु जुम्ला पुग्ने गरेका हुन्।

अक्सिजन प्लान्टको आज कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले उद्घाटन गरेका हुन्। प्लान्टको उद्घाटन गर्दै मन्त्री भण्डारीले अक्सिजन उत्पादनले उपचारमा सहयोग मिल्ने बताए। उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मेडिकल टुरिजमको नयाँ गन्तव्य हुने अपेक्षा गरे।

प्रविणता पमाणपत्र तहमा नर्सिङ, जनरल मेडिसिन, स्नातक तहमा मिडवाइफेरी नर्सिङ, पव्लिक हेल्थ अध्ययन गराइरहेको प्रतिष्ठानले आगामी शैक्षिक सत्रदेखि एमडीजीपी, एमविविएस, एमडीएमएस कार्यक्रम समेत सञ्चालन गर्ने तयारी थालेको छ। जुम्लामा हाल ३०० शैय्याको अस्पताल छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।