शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गोली हानेर पर्सा प्रहरीले समात्यो हतियारधारी व्यक्ति

गोली हानेर पर्सा प्रहरीले समात्यो हतियारधारी व्यक्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज- पर्सा प्रहरीले गोली हानेर एक जना हतियारधारी व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नं–१६ बस्ने सन्तोष दासलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको पर्साका प्रहरी प्रवक्ता अनन्त राज शर्माले जानकारी दिए । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले नियमित चेकजाँच गर्ने क्रममा दास भागेपछि नियन्त्रणमा लिन गोली चलाएको उनको दाबी छ । 

चेकजाँचको लागि खटिएको प्रहरीले दासको दायाँ खुटामा गोली हानी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १७ राउण्ड गोली र एउटा हतियार पनि बरामद गरेको छ । 

उनले प्रहरीलाई नै हतियार देखाई भाग्ने प्रयास गरेका थिए । घाइते दासको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।