धनगढी- बझाङमा १२ किलोग्राम लागु औषध (चरेस)सहित चार जना पक्राउ परेका छन ।
बझाङबाट धनगढीतर्फ आउदै गरेको यात्रुवाहाक बस चेकजाँच गर्दा सोमबार अवैध चरेश सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बझाङबाट धनगढीका लागि छुटेकोे ना ८ ख १०७४ नम्बरकोे बस चेक जाँच गर्ने क्रममा अस्थाई प्रहरी चौकी स्याडीले १२ किलो चरेस फेला पारेकोे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
अवैध चरेस सहित बझाङ केदास्युँ गाउपालिका५ बस्ने बर्ष ४० बर्षीय काशी ठगुन्ना सहित चार जनालाई नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रमेश बमले जानकारी दिए । उनले थप अनुसन्धान भईरहेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४