मंगलबार, वैशाख ४, २०८१

संविधान दिवसमा विरोध जनाउने राजपाको निर्णय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ। राजपाको जारी अध्यक्ष मण्डलको बैठकले असोज तीन गतेलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको हो।

हालसम्म संविधान संशोधन नभएको भन्दै राजपाले विरोध दिवस मनाउन लागेको राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले जनाए।

दोस्रो संविधानसभाबाट संविधान जारी हुँदा मधेश केन्द्रीत दलहरुले संविधान सभा बहिस्कार गरेका थिए। उनीहरुले संविधान संशोधनको माग गर्दै आएका छन्। 

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पनि मधेश केन्द्रीत राजपा र समाजवादी पार्टीसँग संविधान संशोधन गर्ने दुई बुँदे सहमति समेत गरेको छ। तर, संविधान संशोधनको प्रक्रिया हालसम्म अगाडि बढेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।