बुधबार, वैशाख १२, २०८१

ओपोले ल्यायो दशैंमा यस्तो अफर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – ओपोले नेपालीको महान चाड बडा दशैँको शुभअवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन विशेष उपहार योजनाको घोषणा गरेको छ। उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन्। 

क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन्। सहभागिताका लागि उपभोक्ताले ओपो स्पेस आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ। यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ। छनोटमा परेका मध्ये एकले बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन्। 

त्यसैगरी, अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ। 

उपहार योजना अवधिभर लगातार ५ हप्तासम्म हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्रको आयोजना गरिनेछ। लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिनेछ। क्याम्पेन अवधिभर लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ। तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हातपार्ने अवसर प्राप्त गर्नेछन्। सेप्टेम्बर १ देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्नेछ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्