बिहीबार, वैशाख १३, २०८१

माधव नेपालको दलबाट मन्त्रीहरुसहित १३ पद कसकसलाई?

उनका अनुसार उपसभामुखदेखि विभिन्न जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्रीको सूची तयार पार्न सो दलभित्र छलफल सुरु भएको छ। सत्तारुढ दलहरुको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रीहरुको सूची तयार पार्न दबाव दिइरहेका बेला एकीकृत समाजवादीमा मन्त्रीमण्डलमा जाने नामहरुको सूचीको तयारी तिब्र गरिएको हो।

triton college

‘औपचारिक र अनौपचारिक रुपमा हामीले छलफल गरिरहेका छौं, सम्भवत सोमबारसम्म यसबारे टुंगो लाग्नेछ’, शनिबार राति एकीकृत समाजवादीका एक नेताले नेपाल समयलाई बताए, ‘हामीले ६ मन्त्रीसहित उपसभामुख पद पाउने कुरा छ। हेरौं के हुन्छ।’

 उनका अनुसार उपसभामुखदेखि विभिन्न जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन्। ९ भदौमा नयाँ दलको प्रमाणपत्र लिएपछि सो दलभित्र मन्त्रीमण्डलमा पठाउने सूचीका लागि यस्तो मापदण्ड तय गरिएको उनले खुलसा गरे।

हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन्। यीमध्ये एक जनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ।

नेता नेपालको दलले एकजना उपप्रधानमन्त्रीसहित दुई महत्वपूणर् मन्त्रालयसहित ६ मन्त्रालय पाउनेछ। तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन। नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउनेछन्। 

corrent noodles
Metro Mart

एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ। तर सबै नामको टुंगो भने लागिसकेको छैन। 

प्रकाशित: Aug 28, 2021| 19:59 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...