भैरहवा - हिन्दू नारीको महान पर्व तिज पश्चिम तराईको जिल्ला रुपन्देही सदरमुकाम भैरहवामा पनि धुमधामका साथ मनाइएको छ। भैरहवाको नारायणस्थान मन्दिर, शिव मन्दिरमा यतिबेला तिजका भाकामा कम्मर मर्काउँदै नाच्नेको भिड छ। रातो साडि र ढकमक्क गहनाले सिँगारिएका महिलाले भैरहवामा छुट्टै रौनक थपेको छ।
नयाँ गीत तथा संगित आएपनि पुरानो शैलिका गायन र मादलको तालमासमेत चोक चोकमा रमाइरहेका महिलाको समूहले सबैलाई आकर्षित गरिरहेको छ।
यता जिल्लाको दक्षिणी क्षेत्र मर्चवार जहाँ मधेशी समुदायको बाहुल्यता रहेको छ त्यहाँ पनि पहिलो पटक तिज मनाइएको छ। मर्चवारको समरिमाई गाउँपालिकामा मनाइएको तिजमा प्रदेश सांसद अस्ठभुजा पाठक, गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला महिलासँग तिजका गीतमा छमछमी नाचेका थिए। मधेश र पहाडलाई जोड्न तिज कार्यक्रम पहिलो पटक आयोजना गरिएको भगवती राउतले बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...