बिहीबार, वैशाख १३, २०८१

भारतीय नौसेनाका कमाण्डरलाई पाकिस्तानको 'ग्रिन सिग्नल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इस्लामाबाद - भारतीय नौसेनाका पूर्व नेवी कमाण्डर कुलभूषण जाधवलाई कन्स्युलर सेवका लागि पाकिस्तानले सहजता दिने भएको छ।  पाकिस्तानी  विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले आईतबार यसबारे जानकारी दिँदै जाधवलाई भियना महासन्धी अन्तर्गत तोकिएका सुविधा अनुसार कन्स्युलर एक्सेस दिइने बताए। 

उनलाई अन्तर्राष्ट्रिय न्यायालयको फैसला एवम्  पाकिस्तानको कानुनअनुसार अन्य सहायतासमेत उपलब्ध गराइने भएको छ।  भारतले ३० अगस्टमा पाकिस्तानसँग जाधवलाई आवश्यक कन्सुलर सेवा तत्काल प्रभावकारी ढंगले उपलब्ध गराउन अनुरोध गरेको थियो। 

यसभन्दा पहिले नै पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय न्यायालयले उनी माथि गरेको फैसलाको  ११ दिनपछि कुलभूषण जाधवलाई सशर्त कन्स्युलर एक्सेस दिने निर्णय लिएको थियो। भारतीय विदेश मन्त्रालयका  प्रवक्ता रवीश कुमारकाअनुसार अन्तर्राष्ट्रिय न्यायालयको आदेश बमोजिम भारतले जाधवका लागि जती सक्दो चाँडो कन्सुलर सेवाको चाहेको थियो।

पाकिस्तानले आफ्नो राष्ट्रिय अखण्डता विरोधी काममा लागेको आरोपमा जाधवलाई गिरफ्तार गरी मृत्‍युदण्डको सजाय सुनाएको भए पनि अन्तर्राष्ट्रिय न्यायालयले त्यस्तो सजाए नदिन आदेश जारी गरेको थियो। 

अन्तर्राष्ट्रिय न्यायालयले २१ जुलाईमा भारतका पक्षमा फैसला सुनाउँदै कुलभूषणको फाँसीको सजायमाथि रोक लगाएको थियो। साथै पाकिस्तानसँग कन्स्युलर एक्सेस दिनुपर्ने माग गरिएकोमा सुनुवाई गरेको थियो। अन्तर्राष्ट्रिय न्यायालयका १६ जना न्यायमूर्तीले १५-१ को बहुमतले कुलभूषणको फाँसीको सजाय निलम्बन गरेको हो। 

अन्तर्राष्ट्रिय न्यायालयको फैसला आउनुभन्दा अघिल्लो दिन पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको थियो, "अन्तर्राष्ट्रिय न्यायालयको फैसलाको सम्मान गर्दै कुलभूषण जाधवलाई भियना महासन्धिको धारा-३६ अन्तर्गत उपलब्ध गराउन सकिने अधिकारका विषयबारे  कन्सुलर सेवा दिन सकिने कुरा उनलाई अवगत गराइएको छ। यससँग जोडीएर केही महत्वपूर्ण शर्तहरु समेत जारी गरिएको छ।" यद्दपि जाधवका विरुद्ध पाक सेनाले गरेको न्यायिक छानविनको प्रकृयामाथि भने भारतले सुरुदेखि नै प्रश्न उठाउँदै आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।