बिहीबार, वैशाख १३, २०८१

ह्याकरको आक्रमणपछि बन्द भएका एटिएम खुले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- चिनीयाँ ह्याकरले एकैपटक १ करोड ७५ लाख रुपैयाँ चोरेपछि बन्द गरिएका नेपाली बैंकका एटिएमहरु सञ्चालनमा आएका छन् ।

आइतबार दिउँसो बन्द गरिएको एटिएम सेवा आइतबार साझबाट नै खोलिएका हुन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आइतबार दिउँसो केहि समय एटिएम बन्द भए पनि साँझबाट सञ्चालन आएको जानकारी गराए। 

सेवाग्राहीको मर्कालाई ध्यानमा राखेर साझबाटै एटिएम खोलिएको राष्ट्रबैंकले जनाएको छ । यद्यपी मोटो रकम निकाल्न रोक्ने र विश्ेष निगरानी राख्ने बैंकहरुले जनाएका छन् । 

ह्याकरहरुले नेपालसँगै भारतबाटसमेत १ करोड रुपैयाँ एटिएम ह्याक गरेर निकालेपछि निक्षेपकर्ताहरु त्रसित भएका छन् । प्रविधिमा ध्यान नदिएका कारण नेपाली बैंकहरुको साइबर सुरक्षाको अवस्था नाजुक रहेको पाइएको छ । 

एटीएमबाट लुटपाटका घटनाले बचत रकमको सुरक्षामा प्रश्न उब्जाएको छ। बैंकहरूले उच्च नाफा कमाउँदा पनि प्रविधिमा लगानी नबढाएकाले जोखिम बढेको बैंकरहरुको टिप्पणी छ । कतिपय बैंकले पैसा जोगाउन नक्कली सफ्टवेयर प्रयोग गर्ने र प्राविधिक सुरक्षामा ध्यान नदिने गरेको समेत पाइएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २ करोड २१ लाख नेपालीसँग बैंक खाता छ। उनीहरूले ३३ खर्ब ५४ अर्ब रुपैयाँ बचत गरेका छन्। 

राष्ट्र बैंकका प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै सर्वसाधरणलाई नआत्तिन समेत आग्रह गरेका छन्। ह्याकरहरूको सक्रियतलाई राष्ट्र बैंकले गम्भिरताका साथ लिएर अध्ययन सुरु गरेको उनले जानकारी दिए। राष्ट्रबैंकले छानबिन र अध्ययनका लागि समिति गठन गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।