बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकालाई उत्तर कोरियाको चेतावनी, 'वार्ताको नाममा धैर्यताको परिक्षा नलिनु'

अमेरिकालाई उत्तर कोरियाको चेतावनी, 'वार्ताको नाममा धैर्यताको परिक्षा नलिनु'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
अमेरिकासँग उत्तर कोरियाको शान्ति वार्ता हुने आशा क्षीण हुँदै गएको एक उत्तर कोरियाली उच्च अधिकारीले बताएका छन्।

उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले पछिल्ला दिनहरुमा दिएका अभिव्यक्तिहरुले दुई देशबीच शान्ति र मैत्री कायम गर्ने पहलहरु व्यर्थ देखिंदै गएको जनाएका छन्।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा दुईपक्षीय भेटवार्ता भएको थियो। 

उक्त भेटवार्तामा उत्तर कोरियाले आणविक अस्त्रलाई क्रमैसँग नियन्त्रण गर्दै लैजानु पर्ने र अमेरिकाले पनि उत्तर कोरियामाथि लगाउदै आएको अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दी हटाउदै लैजाउनु पर्ने आधारभूत शर्तहरुमाथि छलफल भएको थियो। 

त्यसपछि यी मुलुकका नेताहरुबीच भियतनामको राजधानी हनोईमा भेटवार्ता भयो। तेस्रो भेट यी दुबै नेताहरुले उत्तर कोरिया र दक्षिण कोरियाबीचको पान्मुन्जोमस्थित नियन्त्रण रेखामा भएको थियो।

त्यसयता विभिन्न मञ्चहरुमा दुई मुलुकका नेता तथा उच्च सरकारी अधिकारीहरुले आआफ्ना मुलुकका पक्षमा विश्व समुदाय माझ अवधारणाहरु सार्वजनिक गरिरहेका छन्। ती अभिव्यक्तिहरु कहिलेकाँही कटुताको उच्चतम् हदसम्म पुग्ने गरेका छन्। त्यसैको शिलशिला पछिल्लो अभिव्यक्ति पनि हो। 

उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोई सोन हुईले भनेका छन्, ‘अमेरिकासँग शान्तिपूर्ण वार्ता गर्ने हाम्रो चाहना र रुची बिस्तारै कमजोर बन्दै गएको छ, हाम्रो धैर्यताको एउटा सीमा छ, त्यसभन्दा पर हामी धैर्य गर्न सक्दैनौँ।’ 

उत्तर कोरियाले केवल आफ्नो सम्प्रभुता, राष्ट्रिय एकता र क्षेत्रीय अखाण्डताको बचाऊ मात्रै गरिरहेको तर कुनै मुलुकको स्वाधिनतामाथि कहिल्यै धावा नबोलेको दाबी गरेको छ।

एकातर्फ, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले गत मंगलवार पूर्व अमेरिकी सैनिकहरुलाई सम्बोधन गर्ने क्रममा दिएको एक भाषणमा उत्तर कोरियाको धूर्त व्यवहारलाई नजरअन्दाज गर्न नसकिने जनाएका थिए।

उनले भने अमेरिकाले उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणका लागि अन्तर्राष्ट्रिय समुदायबाट समर्थन हासिल भएको र उक्त जिम्मेवारी अमेरिकाले जसरी पनि पूरा गरी छाड्ने जिकिरसमेत गरेका थिए। 

अर्कोतर्फ, उत्तर कोरियाली सरकारले ‘आत्मरक्षा’ का लागि हतियारहरुको आधुनिकीकरणमा आफूले चालेको कदम कुनै पनि समकालीन विश्वका स्वतन्त्र मुलुकहरुले गर्ने सामान्य कुरा भएको तर उक्त कदममाथि हस्तक्षप गर्न लोकतन्त्रको जननी ब्रिटेन, फ्रान्स तथा जर्मनी जस्ता मुलुक नै लागिपरेको आरोप लगाइरहेको छ।
 
त्यसैले एउटा स्वतन्त्र मुलुकले आफूले के गर्नु पर्छ के गर्नु पर्दैन भन्ने कुरा उत्तर कोरियाले राम्रोसँग बुझेको पनि बताए। प्योङ्याङ्ले शान्ति र मैत्रीको सुनिश्चितताका लागि समसामयिक हातहतियार जरूरी हुने पुनः दाबी गरेको छ।

तर यी दुई आणविक अस्त्र सम्पन्न मुलुकहरु बीच चाँडो भन्दा चाँडो शान्ति र मैत्री स्थापित भईदिए विश्व शान्तिमा धेरै योगदान पुग्न सक्नेमा अन्तर्राष्ट्रिय समुदाय आशावादी रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।