शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • गैरकानुनी लाभ लिएको भन्दै अख्तियारद्वारा पाँच जनाविरुद्ध आरोप पत्र दायर

गैरकानुनी लाभ लिएको भन्दै अख्तियारद्वारा पाँच जनाविरुद्ध आरोप पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ लिएको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ लिएको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर गरेको छ। आयोगले मध्यपहाडी राजमार्ग योजना काभ्रेका तत्कालीन योजना प्रमुख बिजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

triton college

आयोगले चपागाईंविरुद्ध ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ विगो दाबीसहीत आरोप पत्र दायर गरेको जानकारी दिएको छ। त्यस्तै योजनका तत्कालीन इन्जिनियर दिपककुमार खड्का,  तत्कालीन सव-इन्जिनियर गजेन्द्रप्रसाद राउतविरुद्ध प्रतिव्यक्ति ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ  विगो दाबीसहित आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायाणप्रसाद रिसालका अनुसार योजनाका तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयाँलविरुद्ध २१ लाख ४९ हजार ८१८ रुपैयाँ र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ विगो दाबी गर्दै आरोप पत्र दायर गरिएको छ। 

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ।

प्रकाशित: Jul 29, 2021| 09:20 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्