बिहीबार, वैशाख १३, २०८१

पौडेल समूहका जिल्ला सभापतिको अनशन तोडियो

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न र जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेस पौडेल पक्षका सभापतिले अनशन सुरु गरेका थिए।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- सत्तारुढ दल कांग्रेसका जिल्ला सभापतिहरूको अनशन तोडिएको छ। क्रियाशील सदस्यता विवाद समाधान कार्यदलका सदस्यहरू कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखक अनशनस्थल पार्टी कार्यालय सानेपा पुगेर रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूको अनशन तोडाएका हुन्। 

triton college

शीर्ष नेताकाे तहमा महाधिवेशनसँग सम्बन्धित विवाद मिलेपछि जिल्ला सभापतिहरूकाे रिले अनसन शनिबार ताेडिएकाे हाे।

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न र जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेस पौडेल पक्षका सभापतिले अनशन सुरु गरेका थिए। 

शनिबार अपराह्नबाट उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ र काठमाडौंका सभापति कृष्ण बानियाँ २४ घण्टे रिले अनसनमा बसेका थिए। उनीहरुसँगै सबल कांग्रेसका तर्फबाट युवा नेतृद्वय गोमा केसी र प्रतिमा गौतम पनि अनसनमा थिए।

यसअघि शुक्रबार रोल्पा कांग्रेस सभापति अमरसिंह पुन, सिन्धुपाल्चोकका सभापति विकास लामा र सोलुखुम्बुका सभापति विनोद बस्नेत अनशन बसेका थिए। त्यसअघि सुर्खेतका सभापति कमलराज रेग्मी, डोल्पा सभापति अंगद बुढा, तनहुका सभापति बैकुण्ठ न्यौपाने, नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमलाले २४ घण्टे अनशन पूरा गरेका थिए। 

corrent noodles
Metro Mart

कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको विवरण वेबसाइटमा प्रकाशन गरिसकेको, ३८ जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकेको र अन्य माग पनि सम्बोधन गर्ने सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने प्रतिबद्धता गरेसँगै अनशन तोड्न जिल्ला सभापतिहरू सहमत भएका हुन्।

शनिबार बिहान प्रकाशमान सिंह निवासमा पौडेल समूहले छलफल गरी माग सम्बोधन हुने भएपछि महाधिवेशनमा केन्द्रित हुने सहमति गरेको थियो। 

प्रकाशित: Aug 28, 2021| 19:05 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...