काठमाडौं- पाँचौ संस्करणको साफ यू-१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतविरुद्ध पहिलो हाफमा ३-० ले पछि परेको छ । खेलको १५ औं मिनेटमा भारतका महेसनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि पहिलो हाफ सकिन मात्र तीन मिनेट बाँकी रहँदा भारतले अग्रता दोब्बर गर्यो। ४२ औं मिनेटमा अमनदीपले गोल गर्दा नेपाल २-० ले पछि परेको हो। पहिलो हाफको इन्जुरी समयमा भारतका शिवजित सिंहले गोल गर्दै पहिलो हाफमा नेपालमाथी ३-० को अग्रता बनाएको हो ।
यसै प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ५-० को फराकिलो अन्तरले पराजित भएको थियो । यसअघि सन् २०१३ र २०१७ मा भएको यू-१५ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४