काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। भट्टराई देउवालाई भेट्न शनिबार बिहान उनकै निजी निवास बुढानीलकण्ठ पुगेका थिए।
भेटमा मन्त्री भट्टराईले मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक भएको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएका थिए। मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा देउवालेसमेत अभिरुचि राख्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिएका मन्त्री भट्टराईले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४