शुक्रबार, वैशाख १४, २०८१

बसाइसराई गरेकी ति यौनकर्मी महिला... 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – बुधबार दिउँसोको समय सुन्धारा जानलाई नयाँ बानेश्वर चोकमा गाडीको पर्खाइमा थिँए। मोवाईलमा गफिदै एक युवती आएर मेरै नजिक उभिइन्। ‘आउँदैछु के, बानेश्वरमा गाडी कुरेर बसेकी छुँ’, फोनमा उनले जवाफ फकाइन्। 

तीन चारवटा गाडी आए कोही कालीमाटी–कलंकी त कोही जाउलाखेल–लगनखेल जाने। तर, उनी त्यसमा चढिनन्। उनले फोन काट्ने बित्तिकै ट्राफिकले त्यो रुटमा चल्ने गाडी बन्द गर्‍यो। त्यो बेलासम्म हामी एक अर्काको अनुहारमा नजर परेको थिएन। उनी अलि हतारमा जस्तो देखिन्थिन्। एक्कासी उनको र मेरो नजर जुध्यो।

उनले वास्ता गरिनन्। मलाई भने कता देखे जस्तो लाग्यो। देख्न त देखेको हुँ तर कता देखेँ भनेर मनमनै सम्झिन थाले। मनले तुरुन्तै ठम्याइहाल्यो। ‘यि युवती त तिनै हुन् जो केही महिना पहिले धनगढीको एक होटलको कोठामा करिब एक घण्टाको अवधिमा आएकी ६ युवती मध्येकी एक।’ 

अलि कालो वर्णकी २०–२२ वर्षको जस्तो देखिने ति युवतीले गोरो देखिन मुखमा क्रिम दलेको त्यो धनगढीमा देखेको अनुहार झट्ट सम्झिँए। सँगै यो पनि सम्झिँए कि धनगढीको त्यो होटलमा साथी भेट्न जाँदै गर्दा सिढी माथिबाटै झर्दै गरेको दुई युवती मध्येकी एकले मलाई देखेर, ‘हामीलाई फोन गरेर बोलाएको तपाईले हो ? हामीलाई बोलाउने अनि फोन स्वीचअफ गरेर बस्ने कस्तो फटाहा मान्छे रैछ’, भनेको वाक्य। करिब एक मिनेटको अवधिमा हो ति युवती तिनै हुन भन्नेमा मेरो मन ढुक्क भयो। 

धनगढीकी यौनकर्मी युवती काठमाडौं आएर के गर्ने रहिछिन् त भनेर जान्ने सोच बन्यो। उनी यस अघि आएका गाडीमा नचढेकाले रत्नपार्कमै जाने गाडीमा चढ्छिन् भन्ने अनुमान गरेको थिँए। गाडीमै केही कुरा गरौला भन्ने मनमा सोचे। लगत्तै ट्राफिक जाम खुलेर गाडी चल्न सुरु भए। सहिदगेट–सुन्धारा–आरएनएसी–रत्नपार्क भन्दै एक बस आएर हामी उभिएको अगाडि आएर रोकियो। उनी अगाडि र म पछाडि सँगसँगै बसमा चढ्यौँ। 

संजोगले पछाडिपट्टी खाली रहेको सिटमा सँगै बसियो। ‘धनगढीबाट कहिले आएको हो त नि यता ?’ मैले सुरुमै यही प्रश्न गरेर उनीसँग संवादको सुरुवात गरे। मेरो कुरा सुनेर केहीबेर पछि उनले उल्टै प्रश्न गरिन्, ‘मलाई चिन्नुहुन्छ र ?’ मैले पनि जवाफ फर्काए ‘हो चिन्छु, किन नचिन्नु राम्रैसँग चिन्छु।’ यो सुनेर उनी अलि झस्किन्। 

उनी म सँग खुलेरै कुरा गर्लिन भनेर मैले राम्रैसँग चिनेको जस्तो व्यवहार देखाउनु थियो। ‘तपाईको घर धनगढी हो र ?’ उनले सोधिन्। ‘हो मेरो घर पनि धनगढी हो।’, मैले जवाफ फर्काए। ‘मलाई कसरी चिन्नु भो त ? ’, उनले फेरि प्रश्न गरिन्। ‘तिमीले धनगढीमा गर्ने काम मलाई राम्रैसँग थाहा छ’, मैले जवाफ फर्काए। ‘तपाईसँग मेरो धनगढी कुन ठाउँमा भेट भएको थियो र ?’, उनले लगातार प्रश्न तेस्र्याइरहिन्। ‘तिमीलाई याद छ धनगढीको...होटलको सिढीमा एक दिन तिमीले मलाई फोन गरेर बोलाउने अनि मोवाईल स्वीचअफ गरेर बस्ने भनेको याद छ ?’, मैले उनलाई सोधें। यो सुनेर एक पटक टोलाइन् र केहीबेरमा बोलिन ‘हो है।’ 

‘यता के काम गरिराको छौ त?’, मेरो प्रश्न टुंगिन नपाउँदै उनले जवाफ फर्काइन्, ‘त्यो काम मैले छोडीसके, अहिले जापानी भाषा सिक्छु।’ त्यति नै बेला उनको मोवाईलमा टिनिनिनि...घण्टी बज्यो। केटाको स्वरमा ‘सुन्धाराको (होटलको नाम स्पस्ट सुन्न सकिएन) होटलको कोठा नम्बर दुई सय पाँचमा आउनु है’, सुनियो। हुन्छ भन्दै उनले फोन काटिन्। 

पुरानो पेशा छोडीसके भनेर केहीबेर अघि उनले भनेको कुरामा पूर्णरुपमा विश्वास गर्ने ठाउँ देखिएन। एउटा केटाले सुन्धाराको होटलमा बोलाएको कुरा आफ्नै कानले सुनेपछि काठमाडांैमा पनि उनी यौन व्यवसायमै संलग्न छिन् भन्ने सहजै अनुमान लगाइयो। 

‘मलाई नठग तिमी, अघि फोन गर्ने केटाले बोलाएर सुन्धाराको होटलमा जाँदैछौ’, भनेपछि उनले काठमाडौंमा पनि आफू यौन व्यवसायमै लागेको स्वीकारिन्। काठमाडौं बसाई बारे उनले यसरी खुलाईन्, ‘धनगढीको जस्तो गरी पुरै त्यसैमा त लागेको छैन तर काठमाडौंमा केही काम नगरी टिक्न नसकिने भएकाले कहिलेकाँही यसो चिनजानको मान्छेले बोलाउँदा मात्र जान्छु। यता आएको ६ महिना भयो। खासगरी धनगढी बस्दाका ग्राहकहरु यता आएको बेला फोन गरेर बोलाउँछन् अनि जान्छु। अहिले सुन्धारा बोलाउने ग्राहक पनि उतैतिरको हुन्।’

जापानिज भाषा सिकेर वर्किङ भिषामा जापान जाने उनले योजना सुनाइन्। धनगढीमा दुई–तीन पटक प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएपछि उनी राजधानी छिरेकी हुन् रे। धनगढीमा हुँदा चिनेका केही यौनकर्मी महिला उतैबाट बुकिङ्गमा काठमाडौंसम्म आउने गरेको पनि उनले सुनाइन्। धनगढीमा उनीसँगै हिँड्ने अर्की यौनकर्मी महिलाबारे जिज्ञासा राख्दा उनी पनि यतै आएको सुनाइन्। नयाँ बानेश्वर देखि सुनधारा सम्मको बसको यात्राका क्रममा उनीसँग यति मात्रै गफ हुन पायो।

धनगढीमा पछिल्लो समय होटलमा छापा मारेर जोडीलाई पक्राउ गर्दै मुद्दा चलाउन थालेपछि होटल मालिकले नै यौनकर्मी महिला बोलाएर यौन व्यवसायमा लगाउने क्रम केही घटेको छ। केटा र केटी आफैं होटलमा आए भने उनीहरुको परिचय खुल्ने कागजातका आधारमा कोठा दिने तर आफैं केटी बोलाईदिने काम भने अधिकांश होटल व्यवसायीले छोडेको एक होटल संचालकले सुनाए। पछिल्लो समय कैलालीमा प्रहरीले होटलमा छापा मारेर जोडी पक्राउ गर्दै होटल मालिकसहितलाई मानव बेचबिखनमा मुद्दा चलाउन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।