बुधबार, वैशाख १२, २०८१

दुलही बनाएर चीनतर्फ तस्करी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – काठमाडौंबाट शनिबार प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई प्राथमिकतामा पारेका छन्।

कान्तिपुर दैनिकले दुलही बनाएर चीनतर्फ तस्करी र अमेरिकासँग एम १६ किन्ने प्रक्रिया रद्द शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ भने अन्नपूर्ण पोष्टले नृशंस गौहत्या शिर्षकको समाचारलाई प्राथमिकतामा पारेको छ। 

दुर्गमका चेलीलाई प्रलोभनमा पारी चिनियाँसँग बिहे गराएर पठाउन एजेन्टहरु सक्रिय देखिएका छन्। यसलाई मानव तस्करीकै नयाँ स्वरुप मानेको प्रहरीले गत बुधबार मात्र चार चिनियाँसहित ६ नेपालीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोज तामाङ र अन्य चार नेपाली एजेन्ट पनि छन्। उनीहरुमाथि दुर्गम भेगमा गएर चेलीहरु खोज्ने, चिनियाँ एजेन्टसँग मिल्ने र विवाह गराई चीन पठाउने काममा मुख्य भूमिका खेलेको आरोप छ। 

यस्तै कान्तिपुरमै अमेरिकासँग एम १६ किन्ने सम्झौता रद्द शिर्षकको समाचार पनि रहेको छ। कान्तिपुर लेख्छ, अमेरिकाबाट ५ हजार थान एम १६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ। बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ। 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानि प्रक्रियामा दुई देशबीच फरक–फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नुपरेको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।