काठमाडौं - पूर्व युवा तथा खेलकुद मन्त्री गणेश नेपालीको निधन भएको छ। नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिए। नेपाली २०६६ सालमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट मन्त्री पदमा नियुक्त भएका थिए। हाल उनी राजपाका केन्द्रीय सदस्य रहेका थिए। उनी महोत्तरीका स्थायी बासिन्दा हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४