काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न चरणमा राष्ट्रिय अभियान सञ्चालन गरिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीलाई संगठित गर्न र जनतामा नेकपाप्रतिको सद्भाव बढाउन विशेष अभियान गर्ने तयारी नेकपाले गरेको छ।
१७ बुँदे अन्तर पार्टी निर्देशन जारी गर्दै नेकपाका अध्यक्ष प्रचण्डले अभियानको उद्घोष गरेका हुन्।
निर्देशिकामा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास र सम्वृद्धि र समाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ।’
पार्टी एकताको १५ महिनापछि नेकपाले दोस्रो अन्तरपार्टी निर्देशन जारी गरेको हो। यसअघि नेकपाले २०७५ जेठ १६ गते निर्देशिका जारी गरेको थियो।
२ जेठदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा निर्देशिका जारी भएको हो।
एकीकरण प्रक्रियाका विषयमा भनिएको छ, ‘हामीले एकता–एकीकरणका बाँकी कामहरू तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियौं।
राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता– एकीकरणका बाँकी काम सम्पन्न गर्ने हाम्रो उत्कट चाहना समेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकता– एकीकरणको काम सम्पन्न गर्न सम्भव भएन।
अपेक्षा गरेभन्दा बढी नै समय लिएर तर मूलतः सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको छ र अन्तिम चरणमा आइपुगेको छ। हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौं।’
निर्देशनमा अध्यक्ष तथा महासचिवको जिम्मेवारी तोकिएको छ।
निर्देशनमा वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्थासमेत गरिएको छ।
निर्देशिकाकाे पूर्ण पाठ प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४