बिहीबार, वैशाख १३, २०८१

सङ्क्रमित बालबालिकाको शिक्षामा समस्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कैलाली- यहाँका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ । सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताए । ‘मेरो बुबाआमा छैनन्, बूढा बाजेबज्जैको साथमा बसेको छु, खान लाउनकै समस्या छ, कसरी कापी किताब जुटाउनु ?,’ उनले भने, ‘बुबाआमा बितेको याद पनि छैन, मलाई अध्ययनका लागि आवश्यक पूर्वाधार जुटाइदिने मानिस भए राम्रो पढ्थे होला ।’ 

लम्की-चुहाकी १३ वर्षीया सङ्क्रमित एक बालिकालाई पनि पढ्नका लागि आवश्यक कापी किताबकै समस्या हुन्छ । ‘विद्यालयमा मासिक शुल्क तिर्नु पर्दैन, तर परीक्षा शुल्क तिर्नुपर्छ,’ उनी भन्छिन्, ‘कापी, किताब, कलम, झोला, कपडाजस्ता धेरै सामान चाहिन्छ, यी सामानका लागि वार्षिक चारदेखि पाँच हजार रूपैयाँसम्म खर्च हुन्छ, हामीजस्ता अभिभावक नभएका बालबालिकाले कसरी जुटाउनु ?’ 

टीकापुरको धनसिंहपुरका ११ वर्षीय अर्का बालकलाई जहिले पनि विद्यालय जाँदा साथीले जिस्काउँछन् । उनीसँग न नयाँ किताब हुन्छ, न त राम्रो लुगा । कक्षा ४ मा पढ्ने उनलाई साथीले गर्ने दुव्र्यवहारले विद्यालय जान मन लाग्दैन । ‘मसँग कहिलेकाहीँ नोट कापी पनि हुन्न, साथीहरू कक्षामा हासेर उडाउँछन्,’ उनले भने, ‘त्यसैले म नियमित विद्यालय जान्न, आमालाई धेरै कुरा भन्न पनि सक्दिनँ ।’

उनी एक वर्षको हुँदा बुबाको निधन भयो । आमा पनि सङ्क्रमित छन् । तीन भाइबहिनी रहेका उनी कान्छो सन्तान हुन् । सङ्क्रमित भएका कारण आमाले पनि खासै काम गर्न सक्नुहुन्न । ‘तीन बालबच्चा हुर्काउन मलाई निकै कठिन छ, श्रीमान्को उपचार गर्दा भएको सम्पत्ति पनि सकियो,’ आमाले भनिन्, ‘म धेरै काम गर्न पनि सक्दिनँ, केटाकेटीलाई भात खुवाउनै मुश्लिक छ, कसरी पढ्ने वातावरण मिलाउनु ?’ 

एचआइभी सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाज टीकापुरका अध्यक्ष जगत भण्डारीका अनुसार टीकापुरमा मात्रै एआरटी सेवा लिइरहेका एचआइभी सङ्क्रमित २२ जना बालबालिका छन् । संक्रमित बालबालिकाको शैक्षिक विकासमा समस्या छ । ‘धेरै बालबालिका नियमित विद्यालय जान नसक्ने, आवश्यक कापी कलम जुटाउन नसक्ने समस्या छ,’ अध्यक्ष भण्डारीले भने, ‘हामीले हरेक विद्यालयमा निःशुल्क शिक्षाका लागि पहल गरेर निःशुल्क गराएका छौं । तर, कापी किताब, झोला, पोशाक त चाहिन्छ नि ।’ 

सङ्क्रमित बालबालिकाको शिक्षामा सहयोगका लागि एकता समाजले टीकापुरका तीन होटलमा दान पेटिका राखेको छ । दान पेटिकामा संकलन भएको रकम अतिविपन्न बालबालिकालाई आवश्यक कापीकलम दिइन्छ । उनले भने, ‘यस वर्ष पाँच हजार रूपैयाँ संकलन भएको थियो, चार बालबालिकालाई अध्ययनका लागि आवश्यक पर्ने झोला, डटपेन, पेन्सिल, नोटबुक, टिफिन बक्स वितरण गर्यौ ।’ 

भण्डारीले पछिल्लो समय स्थानीय सरकार सङ्क्रमितका समस्याबारे गम्भीर बन्दै गएको बताए । सङ्क्रमितको उपचार सहजताका लागि स्थानीय सरकारले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिदिएको छ । गत वर्ष टीकापुर नगरपालिकाले पोषणका लागि प्रतिव्यक्ति पाँच हजार रूपैयाँ समेत उपलब्ध गराएको थियो । 

टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरमा ४८३ सङ्क्रमितले एआरटी सेवा लिइरहेका छन्, जसमा करिब ३०० महिला छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।