शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट खेलाडी

मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- नेदरल्यान्डस् तथा इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान  डाइकले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले तीन पटक यस अवार्ड जितेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र दुई पटकका विजेता अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पछि पार्दै वर्ष खेलाडीको अवार्ड जितेका हुन् । 

भान डाइकले पहिलो पटक मोनाकोमा भएको युइएफए च्याम्पियन्स लिगको समूह ड्र समारोहमा उक्त अवार्ड जितेका हुन् । उनले गत सिजन युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

उनले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन र घरेलु लिगमा दोस्रो स्थानमा रहन महत्वपूर्ण भुमिका खेलेका थिए । त्यस्तै उनले नेदरल्याण्डलाई युइएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए । 
Image result for uefa awards 2019
सन् २०११ देखि सुरु भएको यस अवार्डको उपाधि रोनाल्डोले ३ पटक जित्दा मेस्सीले दुई, आन्द्रे इनिस्टा, फ्रान्क रिबेरी र लुका मोड्रिचले एक एक पटक जितेका छन् । 

भान डाइकले नै वर्षको उत्कृष्ट डिफेन्डरको उपाधि पनि जित्दा उत्कृष्ट गोलरक्षकको उपाधि लिभरपुलका एलिसन बेकर, उत्कृष्ट मिडफिल्डरको अवार्ड आयाक्सका फ्रानकी डे जोङले जितेका छन् । 

त्यस्तै उत्कृष्ट फरवार्डको उपाधि बार्सिलोना कप्तान लिओनेल मेस्सीले जितेका छन् । महिलातर्फको वर्ष खेलाडी अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।