बिहीबार, वैशाख १३, २०८१

नरिवल बेच्ने किशोरलाई प्रहरीले कुटपिट गरेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- ४ बस्ने १६ वर्षीय रोशनकुमार चौधरी फुटपाथमा नरिवल बेचेर परिवारको गुजारा गर्छन्। रोशन अधिकांश समय जानकी मन्दिरको उत्तरतर्फ ठेलामा नरिवल बेचेर दैनिकी चलाइरहेका छन्। 

हरेक दिनझैं उनले बिहीबार पनि ठेलामा नरिवल बेचिरहेका थिए। तर अचानक जानकी प्रहरी चौकीअन्तर्गतको पर्यटकीय प्रहरीका जवान प्रेमशंकर यादवले रोशनलाई त्यहाँ ठेला लगाएर व्यापार गर्न नपाइने भन्दै हटाउन निर्देशन दिए। आफू गरिब रहेको भन्दै ‘व्यापार नगरे के खाने’ रोशनले जबाफ फर्काए। यति नभन्दै ती प्रहरी जवानले रोशनलाई कुटपिट गरे।

प्रहरी जवान प्रेमशंकरले किशोर रोशनको गालामा मुड्कीले हानेको डाम सजिलै देख्न सकिन्छ। उनको गालामा प्रहरीको कुटपिटबाट घाउ बनेको छ।

‘प्रहरी जवान प्रेमशंकरले फुटपाथमा ठेला लगाउन पैसा माग्यो, मैले दिन मानिन। त्यसपछि मलाई कुटपिट गर्यो,’ रोशन भन्छन्, ‘छेउमै रहेका अन्य ठेलाबालाले पैसा दिएपछि उनीहरुलाई केही भत्रे आँट गरेन।’ 

प्रहरी जवान पटकपटक आफूहरुसँग पैसा माग्न आउने गरेको रोशनको भनाइ छ।

प्रेमशंकरले किशोर रोशनलाई कुटपिट गरिरहेको भिडियो त्यहाँका केही युवाहरुले खिच्न भ्याए। भिडियो खिच्ने युवामध्ये एकजनाले कुटपिट किन गरेको बताइदिन भन्दै प्रेमशंकरलाई प्रश्न गरेको प्रष्ट सुनिन्छ। तर, उनी केही नबोली सरासर त्यहाँबाट हिँडे।

पैसा नदिएपछि प्रहरीले एकजना गरिब किशोरलाई कुटपिट गरेको भन्दै जानकी चोकका स्थानीयहरु आक्रोशित बने। र, सडक अवरुद्ध गरेर केहीबेर प्रदर्शन समेत गरेका थिए उनीहरु। बिना कारण कुटपिट गर्ने प्रहरीलाई कारबाही हुनुपर्ने उनीहरुको माग थियो।

स्थानीयहरु प्रदर्शन गरिरहँदा घटनाबारे बुझ्न पर्यटकीय प्रहरीका सई वीरेन्द्र यादवले सबैजनालाई जानकी प्रहरी चौकीभित्र बोलाए। केहीबेरको छलफलपछि सई यादवले भिडियो खिच्ने स्थानीय युवा अभियान्ता सुशील कर्णमाथि दुव्र्यवहार गरे। उनले कुटपिट गर्नुका साथै कर्णले लगाएको लुगासमेत च्यातचुत पारिदिए।

किशोर रोशन र युवा अभियान्ता कर्णमाथि प्रहरीले दुव्र्यहार गरेपछि त्यहाँका स्थानीय थप आक्रोशित बत्र पुगे। र, घटना जिल्ला प्रहरी कार्यालय पुग्यो। 

जिल्ला प्रहरी कार्यालयले पर्यटकीय प्रहरीका सई यादव र युवा अभियन्ता कर्णलगायत केही प्रत्यक्षदर्शीहरुलाई समेत छलफलको लागि बोलायो। डीएसपी रामेश्वर कार्कीसमक्ष भएको छललफमा युवाहरुले किशोरउपर कुटपिट गर्ने प्रहरी जवान र प्रहरी चौकीभित्र दुव्र्यवहार गर्ने सई यादव उपर कारबाहीको माग गर्यो। 

डीएसपी कार्कीले सई यादवलाई तत्काल माफी माग्न निर्देशन दिए। र, डीएसपी कार्कीको निर्देशन मान्दै सई यादवले माफी पनि मागे।

प्रदेश प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले आचरणविपरित कार्य गर्ने प्रहरीलाई कुनै हालतमा नछोडिने चेतावनी दिएको दुई दिन नबित्दै प्रहरीको यस्तो व्यवहार बाहिर आएको हो।

एसपी भन्छन्, दोषी प्रहरीलाई कारबाही हुन्छ

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले दोषी ठहरिए प्रहरीलाई कारबाही हुने बताएका छन्। ‘प्रहरीका बर्दी लगाएर मनपरी गर्न पाइँदैन, प्रहरीले पैसा मागेको र नदिएपछि कुटपिट गरेको कुरा आएको छ, दोषी देखिए कारबाही हुन्छ,’ एसपी खनालले भने।

नरिवल बेच्ने रोशनको गालामा घाउ भएको भिडियो आफूले पनि हरेको बताउँदै उनले छानबिन समितिले दिने प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।