बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको राजनीतिक प्रस्तावमा 'काण्ड' हरु छानविनको माग

कांग्रेसको राजनीतिक प्रस्तावमा 'काण्ड' हरु छानविनको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेस भएको राजनीतिक प्रस्तावमा विभिन्न ‘काण्ड’ हरुको छानविनको माग गरिएको छ।

कांग्रेसको जारी केन्द्रीय समितिमा सहमहामन्त्री प्रकाशशरण महतले पेस गरेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका बेलामा भएका काण्डहरु छानविनको माग गरिएको हो।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार राजनीतिक प्रतिवेदनमा मेलम्ची खानेपानी, वाइडबडीको भ्रष्टाचार, सुन तस्करीको सञ्जाल, चिनी, बालुवाटारको जग्गालगायतका काण्डहरुमा छानविनको माग गरिएको छ।

वर्तमान सरकारको पालामा भ्रष्टाचार मौलाएको दाबी गर्दै तीनै तह भ्रष्टाचारमा डुबेको पनि भनिएको छ। 

प्रस्तावमा संस्थागत भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग, जनतालाई दिनुपर्ने सेवा, सुविधा र विकास निर्माणमा देखिएको भेदभाव र ढिलासुस्ती तत्काल बन्द गर्न पनि माग गरिएको छ।

संवैधानिक आयोगको नियुक्तिहरु एक पक्षीय भएको भन्दै संवैधानिक निकायमाथि सरकारले हस्तक्षेप गर्न खोजिएको आरोप कांग्रेसले लगाएको छ।

यसैगरी, भिडियोमार्फत भएको मन्त्रिपरिषद्को बैठकको विरोध पनि कांग्रेसले बिहीबार पनि गरेको छ।

राजनीतिक प्रस्तावमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउनका लागि दबाब दिने पनि भनिएको छ।

केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार कांग्रेसले अगाडि सारेको संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने विषयमा पनि छलफल भएको छ। 

बैठकमा केन्द्रीय सदस्य पौडेलले सडक आन्दोलनको आवश्यकता रहेको बताए। अहिलेको सरकारको ध्यानाकर्षण गराएर अगाडि बढ्न सक्ने अवस्था नरहेकोले कठोर आन्दोलन हुनुपर्ने पौडेलले बताए।

यसैगरी, नेता अर्जुननरसिंह केसीले सरकारविरुद्ध कांग्रेसले ठोस नीति लिनुपर्ने बताएका छन्।

अन्य केन्द्रीय सदस्यहरुले प्रस्तावमाथि विचार राख्ने क्रम जारी छ। कांग्रेसको भातृ संगठनलगायतका विषयमा पनि छलफल भइरहेको नेताहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।