बेइजिङ- चीनले आन्दोलन ग्रस्त हङकङमा नयाँँ सैन्य टुकडी पठाएको छ । बेइजिङले चाहेको जस्तो सुपुर्दगी सन्धिबारे एउटा विधेयकका विरुद्ध हङकङमा महिनौंदेखि आन्दोलन जारी छ ।
उक्त बिधेयक पारित भएमा चीन र ताईवानमा पक्राउ आदेश जारी गरिएका तर हङकङमा लुकिछिपी बस्दै आएका अभियुक्तहरूलाई स्थानीय प्रशासनले पक्राउ गरी चीनलाई हस्तान्तरण गर्न सक्नेछ ।
आर्थिक–ब्यापारिक केन्द्र मानिने हङकङलाई मात्र हैन आन्दोलनका क्रममा पूर्वी एसियाकै अर्थतन्त्रलाई ठूलो क्षति पुर्याएको छ । चिनियाँ अधिकारीहरुका अनुसार हङकङका खटिने सैन्य दस्ता बिहीबार नै त्यसतर्फ लाग्ने छन् ।
हुन त, चीनले आफ्नो जनमुक्ति सेना हङकङ पठाउनु कुनै नौलो कुरा होइन तथापि चीनस्थित पश्चिमी राष्ट्रका कूटनीतिक नियोगका प्रमुखहरूले चीनको अहिलेको कदमलाई सावधानीपूर्वक नियालिरहेका छन् ।
चीनले आफ्नो जनमुक्ति सेनाको गतिविधिलाई जतिसुकै वैधतापूर्ण बनाउने खोजे पनि पूर्व बेलायती उपनिवेश हङकङमा रहेका प्रशासनिक केन्द्रहरुलाई लक्षित गरी बिग्रँदो सामाजिक एवम् राजनीतिक स्थितिलाई नियमन र नियन्त्रण गर्न त्यहाँ सेना पठाइएको हो ।
सन् १९९७ मा बेलायतको उपनिवेशबाट मुक्त गरी चीनलाई हस्तान्तरण गरेपछि हङकङमा ‘एक राज्य, दुई प्रणाली’ अन्तर्गत चीनकै सम्प्रभूता र सार्वभौमिकता कायम रही आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४