शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आयात बढाउने क्षेत्रमा कर्जा प्रवाह गर्दै बैंक, उत्पादनमा भन्दा अटो कर्जामा कम ब्याज

आयात बढाउने क्षेत्रमा कर्जा प्रवाह गर्दै बैंक, उत्पादनमा भन्दा अटो कर्जामा कम ब्याज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले दशैंलाई लक्षित गरी आयोजना गर्ने ‘नाडा अटो शो– २०१९’ काठमाडौको भृकुटिमण्डपमा जारी छ । यसपटकको शोमा १५ लाखदेखि ४ करोड रुपैयाँसम्म पर्ने गाडीहरु छन् । 

एकातिर ब्यापारघाटा भयावह हुँदै गएको सरकारका अधिकारीहरुले नै बताउँदै आएका छन् भने अर्कोतिर अर्बौं रुपैयाँ मूल्यका विलासी गाडीहरु आयात भइरहेका छन् । यस्ता गाडी खरिदका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन बैंकहरुबीच होडबाजी छ।

नाडाका अनुसार केही वर्षदेखि काठमाडौं उपत्याका मात्रै वार्षिक करिब ३ हजार गाडी बिक्री हुन्छन् । 

पूँजी बजारमा लगानी योग्य रकमको अभाव रहेका समाचार आइरहँदा बैंकहरु भने अटो कर्जा प्रवाहमा तँछाड मछाड गरिरहेका छन् । ग्राहकलाई ऋण उपलब्ध गराएर शोमा राखिएका विलासी गाडीका खरिदका लागि वाणिज्य बैंकहरुले नै उक्साई रहेका छन्। 

गत आर्थिक वर्षमा नेपालको व्यापारघाटा रु.१४ खर्ब १८ अर्ब ५३ करोड पुगेको छ । देशको कुल बजेट भन्दा व्यापारघाटा धेरै भएपछि सरकारले पनि आलोचना खेप्नुपरेको छ । 

बढ्दो व्यापारघाटा कम गर्न उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने सरकारको घोषित नीति भए पनि बैंकहरु त्यसतर्फ उन्मुख देखिंदैनन् । प्राथमिकता प्राप्त क्षेत्र (कृषि, पर्यटन र उर्जा)मा २५ प्रतिशत अनिवार्य लगानी गर्न पनि सरकारले निर्देशन दिएको छ । तर बैंकहरु भने आयातमुखी व्यापारलाई नै प्रोत्साहन गरिरहेका छन्। 

विशेषगरी नाडा अटो शोका लागि वाणिज्य बैंकहरुले सस्तो  व्याजदरमा अटोकर्जा प्रवाह गर्ने प्रस्ताव ल्याएका छन् । शोलाई लक्षित गरी थोरै व्याजदरमा कर्जा प्रवाह गर्न बैंकहरु प्रतिस्पर्धा समेत गरिरहेका छन्। 

सरकारी बैंक अगाडि

नाडा अटो शोकै अवसर पारेर सबैभन्दा सस्तो व्याजदरमा अटो कर्जा दिन सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंक अग्रसर देखिन्छ । 

उत्पादनमुलक क्षेत्रमा ६ देखि ८ प्रतिशतमात्र कर्जा प्रवाह गरेको यो बैंकले गाडी खरिदका लागि लागि ८.५ देखि ९.५ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । निजी क्षेत्रका बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले गाडी खरिदका लागि सबैभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेको। 

भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ मा  स्ट्यान्डर्ड चार्टर्डले ९.३९ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने स्कीम ल्याएको छ । यो बैंकले उत्पादनमुलक क्षेत्रका लागि भने कर्जाको ब्याजदर १३.१३ प्रतिशतसम्म तोकेको छ । 

अटो कर्जामा जम्मा ९.५९ प्रतिशत ब्याज लिइरहेको नविल बैंकले उत्पादनमुलक क्षेत्रको कर्जाको ब्याज भने १३.८३ प्रतिशतसम्म लिइरहेको छ । त्यस्तै अटो कर्जामा ९.९९ प्रतिशत व्याजदरको अफर राखेको ग्लोबल आईएमई बैंकले उत्पादनमूलक क्षेत्रको कर्जामा १५.५४ प्रतिशतसम्म व्याज असुलेको छ । जनता बैंक पनी यो दौडमा अगाडि नै छ । अटो क्षेत्रमा ९.९९ प्रतिशत व्याज दरमा उपलब्ध गराइरहेको यो बैंकले उत्पादनमूलक क्षेत्रको कर्जामा भने १५.९५ प्रतिशतसम्म ब्याज असुल्छ। 

यद्यपि, केही बैंकले भने अटो कर्जालाई प्राथमिकता नदिएको पनि देखिएको छ । अटो कर्जामा १६.३२ प्रतिशत व्याज लिने सनराईज बैंकले उत्पादनमुलक क्षेत्रमा १६ प्रतिशत ब्याजदरमै लगानी गरिरहेको छ। 



उत्पादनमुलक क्षेत्रमा कम आकर्षण 

सरकारले नीति बनाएरै बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे पनि बैंकहरुले भने बजारमा क्रेडिट क्रन्चको समस्या देखाउँदै १८ प्रतिशतसम्म ब्याज असुलेका छन्। 
“१८ प्रतिशत व्याजमा ऋण लिएका उद्योगीले कुनै पनि वस्तु उत्पादन गर्दा अन्तत्वगत्वा त्यो २५ प्रतिशतसम्म पुग्छ । यस्तो अवस्थामा आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न स्वदेशी उद्योगहरुलाई गाह्रो छ।” नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन, “कर्जामा सहुलियत अटो क्षेत्रलाईभन्दा उत्पादनमुलक क्षेत्रमा बढी दिइनुपर्छ ।” 

कुल आयातको ३० प्रतिशत अटोक्षेत्रमा

नेपालको कुल आयातको ३० प्रतिशत सवारी साधन, त्यसलाई चाहिने पेट्रोलियम पदार्थ र पार्टपुर्जाको आयातले ओगटेको छ। त्यस्तै करिब ४० प्रतिशत राजस्व अटो मोवाइल क्षेत्रबाट उठिरहेको महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छा बताउँछन्। 

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार बैंकहरुले जहाँ तत्काल फाइदा हुने र कम जोखिम भएका क्षेत्रमा नै बढी कर्जा प्रवाह गरिरहेका छन्। 

सवारी साधनको क्षेत्रमा जोखिम कम रहेको र लगानी गर्न सहज हुने हुँदा वाणिज्य बैंकहरुको रोजाईको क्षेत्र बनेको छ यो। तर, बैंकहरुको यस्तो नीतिले देशको ब्यापार घाटा त बढाएको छ नै, मुलुकलाई परनिर्भर बन्न पनि सघाउ पुर्‍याएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।