मंगलबार, वैशाख ४, २०८१

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जुम्ला- कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ ।

चन्दननाथ-१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकी छन् । दुवैको बारीमा करिब १५० स्याउका बोट छन् । उनीहरू मात्र होइनन्, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन् । 

स्याउ टिप्न सुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरिद गर्ने क्रम बढेको छ । स्याउ खरिद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जिल्लामा आएका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन् । ढिलो टिपे स्याउ बिक्री नहुने समस्याले धमाधम बगैँचा खाली हुन थालेका हुन् ।

यस वर्ष जुम्लामा ६ हजार १ सय मेट्रिक टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्र जुम्लाको छ । जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्यांक संकलन गरिरहेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए । उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको अनुमान गरिएको छ । देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको बताउनुभयो । केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलंगा बजारमा लैजानुपर्ने बाध्यता थियो । यस वर्ष व्यापारी बगैँचामै पुगेर धमाधम स्याउ खरिद गरिरहेका छन् । 

आठ वर्षअघि साविक जिल्ला विकास समितिको १५ औँ जिल्ला परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो । जुम्लाले विसं २०६६ मा नेपाल प्रांगारिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्लाबाहिर जाने क्रम बढेको हो । स्याउको बजार जुम्लामा भन्दा पनि जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारीले बताउने गरेका छन् । जुम्लाको स्याउको माग काठमाडौँलगायत ठूला सहरमा बढी छ ।

स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ देवकोटाको भनाइ छ । जिल्लामा स्याउ भण्डारणको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन् । केही किसानले आफैँ स्याउ जिल्लाबाहिर बिक्रीका लागि लैजाने गरेका छन् । उनका अनुसार बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो भाउ नपाएको उनको भनाइ छ । केन्द्रका अनुसार जुम्लामा ३ हजार १ सय हेक्टरमा स्याउखेती गरिएकामा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।