शनिबार, वैशाख ८, २०८१

विवादित विधेयक धमाधम पारित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रतिनिधिसभाको चालू अधिवेशनले विवादित बनेका विधेयक धमाधम पारित गर्न थालेको छ ।

संसद्ले सरकारको बलमा प्रतिनिधिसभाको दोस्रो र तेस्रो अधिवेशनमा विवादित बनेका विधेयक चालू अधिवेशनमा पारित गरेको हो । प्रतिनिधिसभाको चालू (चौथो) अधिवेशनमा विवादितसमेत गरी १६ विधेयक पारित भइसकेका छन् ।  

प्रतिनिधिसभाको चालू अधिवेशनले गत भदौ ३ गते भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७६ पारित ग¥यो । यी दुवै विधेयक विवादमा छन् । 

भूमिसम्बन्धी विधेयकमा सुकुमबासीलाई फेरि एकपटक जग्गा वितरण गर्ने र दस वर्षपछि बिक्री गर्न पाउने व्यवस्था छ । यस्तै, हदबन्दीभन्दा बढी जग्गा राखेका कम्पनीलाई एकपटक फेरि हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने व्यवस्था छ। 

कानुन बनाएर नै कब्जा गरिएका जग्गालाई वैधानिकता दिन थालिएको भन्दै संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक परिमार्जनको माग गरेको छ । 

चालू अधिवेशनले पारित गरेको आर्थिक कार्यविधिसम्बन्धी विधेयक पनि विवादमा छ । विधेयकमा संवैधानिक अंग तथा संवैधानिक निकायका प्रमुखले वित्तीय उत्तरदायित्व बहन गरे वा नगरेको विषयमा प्रधानमन्त्रीले निगरानी गर्ने व्यवस्था छ। स्वतन्त्र रुपमा काम गर्ने अधिकार पाएका संवैधानिक अंग तथा निकायलाई कार्यकारी प्रमुख अथवा प्रधानमन्त्रीको निगरानीमा राख्नु लोकतन्त्र र शक्ति पृथकीकरण सिद्धान्तविपरीत भएको कतिपयको ठम्याई छ । 

विवादास्पद विज्ञापनसम्बन्धी विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभाको बिहीबारको बैठकबाट विज्ञापन (नियमन गर्ने)सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची छ। यो विधेयकले विज्ञापन बोर्डलाई असीमित अधिकार दिइएको छ। यसबाट निजी क्षेत्रका संचारमाध्यमलाई विज्ञापनमा अंकुश लगाउने खतरा देखिएको भन्दै विरोध गरिएको छ।  

यी हुन् चालू अधिवेशनबाट पारित विधेयक

प्रतिनिधिसभाको चालू अधिवेशनले १६ विधेयक पारित गरेको छ, जसमा प्रशासकीय अदालतसम्बन्धी विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७६, भूउपयोग विधेयक २०७६ छन् । 

यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) विधेयक २०७६, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७६, सेफगार्ड एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विधेयक २०७६, प्रहरी समायोजन विधेयक २०७६, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक २०७६, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, वन विधेयक, वातावरण संरक्षण विधेयक, आर्थिक विधेयक, विनियोज विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२३औं संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन्।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।