एजेन्सी- डच क्लब आयाक्स च्याम्पियन्स लिग फुटबलमा छनोट भएको छ । बुधबार राती भएको प्लेअफ खेलमा साईप्रसको क्लब एपोल निकोसियालाई २-० गोलले पराजित गर्दै आयाक्सले च्याम्पियन्स लिगमा छनोट भएको हो ।
पहिलो लेग गोल रहित बराबरी खेलेको थियो । आयाक्सको जितका लागि ४३ औं मिनेटमा एडसन अल्वारेजले गोल गरे । पलिहो हाफमा १-० को अग्रता बनाएको आयाक्सले दोस्रो हाफमा थप एक गोल गर्यो । ८० औं मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सलाई च्याम्पियन्स लिगमा छनोट गराउन सफल भए ।
गत सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको आयाक्सले दुई चरणको छनोट खेलेर प्रतियोगितामा पुन छानिएको हो । गत सिजन सेमिफाईनलमा आयाक्स टोटेनहमसँग पराजित हुँदै बाहिरिएको थियो ।
क्लब ब्रुग्स र स्लाविया प्राग समेत प्लेअफबाट च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४