बिहीबार, वैशाख १३, २०८१

७० वर्षीया आमाको ‘जुम्बा डान्स’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- यतिबेला तीजको मौसम छ । शहर बजारका होटलहरु, पार्टी प्यालेस तथा गाउँघरका चोकचोकमा तीजका पुराना भाका, आधुनिक र र्‍यापसमेतका गीतहरुमा थरीथरीका तालमा नाच्नेहरुको कम्ती भीड छैन । महिलाहरु खुलेर नाच्ने भनेको तीज पर्वमा नै हो तर दिनहुँ तीजका कार्यक्रम चलिरहेको बेला भैरहवाको एक होटेलमा भने फरक किसिमको नाचगान कार्यक्रम सम्पन्न भएको छ ।
 
एकाबिहानै रुपन्देहीका विभिन्न भूगोलबाट भेला भएका मानिसहरु प्रशिक्षकको निर्देशानुसार नेपाली र भोजपुरी भाषाका विभिन्न गीतमा जुम्बा नृत्य गरिरहेका थिए । युवायुवती तथा अधबैंशे उमेर समूहले भरीभराऊ भएको हलमा ७० वर्षीया चन्द्रकला कार्की सकीनसकी कम्मर मकाईरहेकी थिईन् ।

अगाडि पछाडि सँगै नाचिरहेका युवा युवती र अधबैंशेहरुलाई हेर्दै उनी उफ्रीरहेको दृश्य प्रेरणादायक थियो । रातो साडी र रातो चोलोमा सजिएर नाचिरहेकी उनी नाच्दा रोगबाट मुक्त हुने भन्ने सुनेर कार्यक्रममा आएकी थिइन् ।
 
नृत्य शुरु गर्नुभन्दा पहिले जनरल फिजिसियन डा. निरज कुमार जैसवालले नृत्यको उद्धेश्य बारे प्रस्टाए । डा. संगै रहेका संघीय संसदका सांसद प्रमोद कुमार यादवले नाचेर रोग निको पार्ने उपाय सुन्दा खुसी लागेको बताए ।

डा. जैसवालले सही ढंगले, शैली र ताल मिलाएर नाचेमा धेरै किसिमका रोग निको पार्न सकिने बताएको केहीबेरमा मधुमेहबाट मुक्ति पाउने जुक्ति सहितको जुम्बा नृत्यमा सबैलाई नचाए प्रशिक्षक सुनिल गुप्ताले ।
 
प्रशिक्षक गुप्ताको शैलीलाई अनुशरण गर्दै जानी नजानी गरिएको नृत्य मनमोहक देखियो । रमाईलोका साथ नाचीनाची रोगबाट मुक्ति पाउने उपायको रुपमा भैरहवामा पहिलो पटक जुम्बा नृत्य कार्यक्रम राखिएको कार्यक्रमका संयोजक समेत रहेका नृत्य प्रशिक्षक गुप्ताले बताए ।
 
विभिन्न गीतमा सामूहिक रुपमा नाचिने उक्त नृत्यमा गीत बज्दा हात फैलाउने, कमर मर्काउने, मुन्टो निहुर्याउने, गोडा उचाल्ने गरिन्छ । यसको आफ्नै शैली छ ।  

मधुमेह रोग नियन्त्रण तथा यसबारे जनचेतना फैलाउने उद्वेश्यले सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले रुपन्देहीको भैरहवामा मंगलबार “फ्रिडम फर डाईबिटिज विथ जुम्बा” को आयोजना गरेको क्लबका अध्यष गौतम गुप्ताले बताए । 

जुम्बामा १४, १५ वर्ष देखि ७० वर्ष सम्मका मानिसहरुको सहभागी भए । यस्तै कार्यक्रममा निःशुल्क मधुमेह परीक्षण समेत गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।