शुक्रबार, वैशाख १४, २०८१

माछापुच्छ्रे बैंकले शेयर धनीलाई लाभांश वितरण गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको बैठकले आफ्ना शेयर धनीलाई लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ।

बुधबार बसेको बैठकले गत आर्थिक वर्ष (२०७५/७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो। उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ। 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बंैकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्