काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नेपालको आवासीय राजदूतमा डाक्टर नारदनाथ भारद्वाज र बंगलादेशका लागि नेपाली राजदूतमा डाक्टर वंशीधर मिश्रलाई नियुक्त गरेकी छन्। भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४