काठमाडौं- जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने सम्बन्धी विवाद समाधान भएको छ।
गृह मन्त्रालयले जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता दिन जिल्ला प्रशासन कार्यालयहरुलाई गरेको परिपत्र कायम हुने भएको छ।
उक्त परिपत्रका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।
रिटमाथि सुनवाई गर्दै सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहित ५ न्यायाधीशको संवैधानिक इजलासले जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई बंशजको आधारमा नागरिकता दिने बाटो खुला गरेको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले जन्मका अधारमा नगरिकता पाएकाको सन्तानलाई बंशजको नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्र उपर रिट दायर गरेका थिए। सो रिट संवैधानिक इजलासले बुधबार खारेज गरेको हो।
रिट खारेज भएसँगै अब जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४