शनिबार, वैशाख ८, २०८१

माछापुच्छ्रे बैंकले थप्यो १३ नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - माछापुच्छ्रे बैंकले थप नयाँ १३ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले प्रदेश १ र २ का विभिन्न जिल्लामा नयाँ शाखा थप गरेको हो। 

थप गरिएका नयाँ शाखा कार्यालयहरुमा प्रदेश २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाहीको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषाको ढल्केबर, सिराहाको गोलबजार, सप्तरीको कन्चनरुप तथा प्रदेश १ को झापा जिल्लाको उर्लाबारी र सुरुङ्गा, उदयपुरको गाईघाट तथा ताप्लेजुङ्गको ताप्लेजुङ्गबजार रहेका छन्।

बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ स्थानमा आफ्नो सेवाविस्तार गर्ने उद्देश्यले शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको बताएको छ। नयाँ सञ्चालनमा आएका शाखासहित बैंकका कुल १३६ शाखा कार्यालय पुगेका छन्। यस्तै बैंकका १२१ शाखारहित बैकिङ्गसेवा समेत गरी जम्मा २५७ स्थानबाट सेवा दिँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्