एजेन्सी–पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर एडिन्सन काभानी तीन साता मैदान बाहिर रहने भएका छन् । लिग वान अन्तर्गत आइतबार राति टुलुजविरुद्ध भएको खेलमा हिपको समस्या आएपछि उनी तीन साता मैदानबाट बाहिरने भएका हुन् ।
यससँगै उनले लिग वानका दुई खेल गुमाउने छन् । तर ३२ वर्षीय काभानीले सेप्टेम्वर १७ वा १८ तारिखमा हुने युइएफए च्याम्पियनस् लिग अन्तर्गत आफ्नो पहिलो खेलका लागि भने टोलीमा फर्किन सक्ने अनुमान गरिएको छ ।
यता ब्राजिलियन स्टार खेलाडी नेयमारलाई भने यस सिजनको सुरुवाती तीन खेलमा प्रतिबन्ध लगाएको छ । तर उनी यस सिजनको च्याम्पियन्स लिग कुन क्लबबाट खेल्ने छन् भन्ने टुङ्गो लागेको छैन ।
किनकी उनी यतिबेला युरोपियन ट्रान्सफर विन्डोज बन्द हुन पूर्वः स्पेनिस क्लब बार्सिलोना अथवा रियल मड्रिड जाने सम्भावना प्रबल देखिएको छ । युरोपियन ट्रान्सफर विन्डोज सेप्टेम्वर २ तारिखमा बन्द हुदैछ ।
काभानीले उरुग्वेको राष्ट्रिय टोलीबाट दुई मैत्रिपूर्ण खेलसमेत गुमाउने भएका छन् । उनले सेप्टेम्वर ७ तारिखमा कोस्टारिका र ११ सेप्टेम्वरमा अमेरिकासँग हुने मैत्रिपूर्ण खेल गुमाउने भएका हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४