शनिबार, वैशाख ८, २०८१

महिला पत्रकारको संख्या बढ्दै, अवसर नपाएको गुनासो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपालमा पत्रकारिताको क्षेत्रमा महिलाहरुको संख्या विस्तारै बढीरहेको छ। पछिल्लो समयमा आएका अनलाईन मिडियाका कारण पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्यामा उल्लेख्य बृद्धि भएको एक तथ्यांकले देखाएको छ।
 
मंगलबार फ्रिडम फोरमले गरेको छापा र अनलाईन माध्यममा महिलाको सहभागिता विषयक अन्तक्रिया कार्यक्रममा सो तथ्यांक पेश भएको हो। फ्रिडम फोरमद्वारा गरिएको एक अध्ययनमा प्रिन्ट मिडियामा महिलाको संलग्नता विस्तारै बढेको देखिएको छ। सन् २०१७ देखि २०१९ सम्ममा नेपालका ठूला छापा माध्यममा काम गर्ने महिलाहरुको संख्यामा बृद्धि भएको सो अध्ययनले देखाएको छ।
 
सन् २०१७ र २०१८ मा ९ प्रतिशत मात्र छापा माध्यममा 'बाईलाइन' छापिएकोमा सन् २०१९ मा महिलाहरुको नाममा १२ प्रतिशत समाचार आएको छ। त्यस्तै अनलाईन मिडियामा सन् २०१८ मा महिलाको 'बाईलाइन' मा ११ प्रतिशत समाचार आएकोमा सन् २०१९ मा यो संख्या बढेर १८ प्रतिशत पुगेको छ।
 
त्यस्तै सन् २०१८ मा महिलाको विचार २२ प्रतिशत छापिएको छ भने सन् २०१९ मा २१ प्रतिशत मात्र महिलाको विचार छापिएको छ। त्यस्तै समाचार स्रोतको रुपमा महिलाको प्रयोग सन् २०१७ मा १०, २०१८ मा १२ र सन् २०१९ मा १३ प्रतिशत रहेको छ।
 
कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले महिलाले कार्यस्थलमा विभिन्न समस्या भोग्ने गरेको र उनीहरुले आफ्ना समस्याहरु खुलेर राख्न नसकेको बताए। उनले आफूले काम गर्ने प्रत्येक मिडिया हाउसमा आफ्नो हक, अधिकारबारेको आवाज महिलाले आफैले उठाउनुपर्ने र पुरुषले पनि उनीहरुको समस्या बुझ्नुपर्ने बताए।
 
सो कार्यक्रममा धेरैजसो महिला पत्रकारले आफूले पुरुषसरह काम गर्न सक्ने भएपनि उचित अवसर नपाएको गुनासो पोखे। उनीहरुले पुरुष सहकर्मीदेखि हाकिमसम्मले पत्रकार महिलाहरुको समस्या नबुझ्दा काम गर्न कठिन भइरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।