काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ ।
काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए ।
नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको नेकपाले जनाएको छ ।
साहले रौतहटमा वरिष्ठ नेता माधवकुमार नेपालकै कारण पार्टी एकीकरणको काम हुन नसकेको आरोपसमेत लगाएका थिए ।
यसबारे प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४