बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यस्ताे छ रविको मुद्दामा प्रहरीलाई अदालतले गरेकाे ३ प्रश्न

यस्ताे छ रविको मुद्दामा प्रहरीलाई अदालतले गरेकाे ३ प्रश्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । 

जिल्ला अदालत चितवनको आदेशमा रवि ५ लाख रुपैयाँ, युवराज कँडेललाई तीन लाख रुपैयाँ र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा भएकी हुन् । 

उनीहरुलाई रिहा गर्ने आदेश दिदै गर्दा जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले प्रहरीको अनुसन्धानमाथि ३ प्रश्न उठाएका छन् भने तीन तर्क दिएका छन्।

न्यायाधीश हेमन्त रावलले प्रहरीको अनुसन्धानमाथि उठाए ३ प्रश्न

१. आत्महत्याअघि शालिकराम पुडासैनीले रेकर्ड गराएको भिडियोको अन्त्यमा आमाबाबु, आफन्तलाई प्रणाम गर्दै दुई हात जोडेको देखियो । दुवै हात जोडेर सेल्फी खिच्न कसरी सम्भव छ ? उनी एक्लै थिए भन्ने कसरी पुष्टि हुन्छ ?

२. मृतकले आत्महत्या गर्छु भनेर घोषणा गर्नु र आत्महत्या गर्नुमा समयको अन्तर कति हो ? उनले कपडासमेत फेरेको देख्दा समयको अन्तर धेरै देखिन्छ । आत्महत्या आवेगमा गर्ने हो, त्यति लामो समयसम्म उनको मन बदलिएन भनेर कसरी मान्ने ?

३. मृतकले खिचेको भिडियो अदालतमा आउनुभन्दा अघि मिडियामा कसरी पुग्यो ? 

आदेशमा अदालतको तर्क

१. मृतकले जुनसुकै अवस्थामा गरेको घोषणालाई प्रमाणका रूपमा लिनुपर्ने होइन, मृतकले मर्न लागेको अवस्थामा मृत्युको बारेमा व्यक्त गरेको भनाइलाई मात्र प्रमाणका रूपमा लिन सकिन्छ। तर, शालिकराम पुडासैनीले भिडियो रेकर्ड गरेको कति समयपछि डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् भन्ने यकिन छैन, किनकि भिडियो रेकर्ड गर्दा उनले भित्री वस्त्र लगाएका छन् भने झुन्डिँदा उनले सर्ट–पाइन्ट लगाएका छन्। त्यसैले उनको भिडियोलाई मृत्युकालीन घोषणा मान्ने कि नमान्ने भनेर निश्चित गर्न थप अनुसन्धान आवश्यक छ। 

२. प्रतिवादी रवि लामिछाने र युवराज कँडेलले शालिकराम पुडासैनीसँग संवाद गरेको कलडिटेलबाट देखिन्छ। तर, एउटै टेलिभिजनमा, एउटै कार्यक्रममा सँगै काम गरेका उनीहरूबीचको संवाद स्वाभाविक हो कि अवाञ्छित हो भनेर यकिन गर्न भ्वाइस रेकर्ड नै आवश्यक पर्छ। त्यस्तै, अस्मिता र शालिकरामबीच प्रेम सम्बन्ध भएको भनेर दुवै पक्षबाट पुष्टि भएकाले उनीहरूबीच पटक–पटक फोन संवाद हुनु अस्वाभाविक मान्न सकिएन। ती फोन संवादमा खास के–कस्तो विषय थियो भन्ने यकिन गर्न थप अनुसन्धान आवश्यक छ। 

३. शालिकरामको विवाहइतर प्रेम सम्बन्ध थाहा पाई प्रतिवादी रवि र युवराजले टेलिभिजन कार्यक्रमबाट प्रसारण गरिदिने हुन् कि भन्ने भय र त्रासले तथा आफ्नो घरपरिवार र स्वजनको इज्जत–प्रतिष्ठामा आँच आउने दुःखदायी परिस्थितिको कल्पना गरेर शालिकरामले आत्महत्या गरेका हुन् भने उनलाई त्यस्तो मनोदशामा पुर्‍याउन प्रतिवादीहरूले भूमिका खेलेका हुन् भन्ने स्पष्ट खुलेको छैन, तर सँगै काम गरेर छुट्टिएका उनीहरूबीचमा आग्रह, पूर्वाग्रह, दुराग्रह, वैमनस्यता, प्रतिशोध थिएन भन्न सकिँदैन। त्यस्तै, शालिकरामको विवाहइतर सम्बन्ध पनि थाहा पाएकोले उनीहरूले धम्की वा त्रास देखाएनन् होला र शालिकरामलाई आत्महत्या गर्न दुष्प्रेरित गरेनन् होला भनेर ठहर गर्न सकिँदैन।

पुडासैनीले आत्महत्या गर्नुअघि बनाएको भिडियोका आधारमा रविसहित तीनै जनालाई प्रहरीले साउन ३० गते पक्राउ गरेकाे थियाे । प्रहरीले उनीहरुमाथि १० दिन अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।