मंगलबार, वैशाख ११, २०८१

१५ बुँदे घोषणापत्र जारी गर्दै थरुहट सम्मेलन सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय मोर्चा गठन गर्दै टीकापुरमा जारी थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। 

सोमबार सम्पन्न सम्मेलनले थरुहट/थारुवान आन्दोलनको आगामी कार्यदिशा सहितको १५ बुँदे टीकापुर घोषणापत्र पनि जारी गरेको छ।

मोर्चाका प्रवक्ता मीनराज चौधरीले दिएको जानकारी अनुसार सम्मेलनले थरुहट आन्दोलनलाई नयाँ उचाईमा पुर्यानउनका साथै पहिचान पक्षधरलाई एकताबद्ध गर्ने निर्णय गरेको छ। 

टीकापुर क्षेत्रमा बिग्रिएको सामाजिक सद्भाव अहिले बलियो बनेको र सद्भाव कायमका लागि थप काम गर्न राज्यले नै तदारुकता अपनाउनु पर्ने सम्मेलनले पुष्टि गरेको घोषणापत्रमा उल्लेख छ। 

तराई–मधेशमा आन्दोलनका बेला भएका ज्यादतीबारे छानबिन गर्न गठित गिरिशचन्द्र लाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरिएको छ।

२०७२ भदौ ८ गतेको दिन कर्फ्यू जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएको १३ बुँदे सहमति कार्यान्वयन गर्न समेत घोषणा पत्रमार्फत माग गरिएको छ।

हालको सात प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने भन्दै घोषणा पत्रमा जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहट/थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग उल्लेख छ। 

संघीय निजामती ऐन संशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोक सेवा आयोगले विज्ञापन खोल्नुपर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्व मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारी लगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग पनि घोषणा पत्रमा उल्लेख गरिएको छ। 

सम्मेलनले तीन चरणको आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ। पहिलो चरण अन्तर्गत तराई जिल्लामा प्रचारात्मक तथा संगठन विस्तारको कार्यक्रम अगाडि बढाउने, दोसो चरणमा मोर्चाले कोणसभा, विरोधसभा, र्यादली, जनप्रदर्शनका कार्यक्रम सञ्चालन गर्ने रणनीति तय गरेको छ। 

सोहीबीचमा तराईका १० ठाउँमा आमसभा गर्ने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।