बिहीबार, वैशाख ६, २०८१

आज वर्षाको सम्भावना, तीन दिनको मौसम यस्तो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अबको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो। 

मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित भएकाले मेघगर्जन, हावाहुरी र चट्टयाङ्गसहित वर्षा हुने उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए।  “यस समयमा छोटो अवधिमा भारी वर्षा पनि हुनसक्छ।” उनले भने। महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै  मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकाले चट्टयाङ्गबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। देशको पश्चिमी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी स्थानमा यात्रा गर्दा सर्वसाधारणलाई सचेत रहन पनि अनुरोध गरिएको छ। 

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हावाहुरी चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। मङ्गलबार देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग पर्नाका साथै वर्षा हुने र पश्चिमी भागका केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बुधबार पनि  देशभर आंसिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्याकाको न्युनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।