शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता 

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच साना तथा मझौला व्यवसाय प्रवद्र्धनका लागि सम्झौता भएको छ । 

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौताबाट महासंघमा आबद्ध १२ हजारभन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आय भएका तथा विपन्न समुदायका व्यक्तिलाई सम्झौताले लक्ष गरेको छ । 

सम्झौता अनुसार व्यवसायीले बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ । साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० वर्ष उमेरका व्यवसायी सम्झौताबाट लाभान्वित हुने बैंकको विश्वास छ । 

यसैगरी, बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीलाई प्राथमिकता दिने सम्झौतापत्रमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्