शुक्रबार, वैशाख १४, २०८१

ग्रिजमनको दुई गोलसँगै बार्सिलोनाको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- बार्सिलोनाका लागि ला लिगा फुटबलमा एन्टोनी ग्रिजमनको डेब्यु गोलसँगै सानदा जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा आइतबार राती भएको खेलमा रियल बेटिसलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।
 
सिजनको पहिलो खेल गुमाएको बार्सिलोनाको यो पहिलो जित हो । स्टार खेलाडीविना मैदान उत्रिएको बार्सिलोनाका लागि ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले एक एक गोल गरे । यता रियलका लागि नाबी फेकिर र लोरेन्जो जेसस मोरोन गास्रियाले एक एक गोल गरे । 

पहिलो हाफमा दुई मात्र गोल भएको खेलको दोस्रो हाफमा ५ गोल भएका थिए । खेलमा अग्रता भने पाहुना टोली रियल बेटिसले लिएको थियो । खेलको १५ औं मिनेटमा नाबिलले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । 

तर, पहिलो हाफ सकिन मात्र चारा मिनेट बाँकी रहँदा ग्रिजमनले गोल गर्दै घरेलु टालीलाई खेलमा फर्काए । पहिलो हाफमा १-१ बराबरी भएको खेलको ५० औं मिनेटमा ग्रिजमनले व्यत्तिलगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । ५६ औं मिनेटमा पेरेजले गोल गरे ।

त्यसको चार मिनेट नबित्दै अल्बाले गोल गरेपछि बार्सिलोना ४-१ गोलले अगाढी बढ्यो । ७७ औं मिनेटमा भिडालले गोल गर्दै खेल ५-१ को स्थितिमा पर्याए । त्यसको दुई मिनेट नबित्दै रियलका लोरेन्जो जेससले गोल गर्दै ५-२ ले गोल अन्तर घटाए । 

बार्सिलोनाका स्टार खलाडी लियोनल मेस्सी, लुइस स्वारेज र उस्माने डेम्बले चोटका कारण खेलमा उपस्थित थिएनन् । यसजितसँगै बासिलोनाले दुई खेलमा तीन अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित रियल बेटिस समान खेलमा जित विहिन छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।