शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ– चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध सरकारी वकिलको कार्यालय, चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। आइतबार दिउँसो यी तीनै जनाविरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।

अब केहीबेरमै अभियुक्तहरुलाई पूर्पक्षका लागि थुनामै राखेर मुद्दा अगाडि बढाउने वा तारेख÷धरौटीमा छोड्ने भन्ने बारेको थुनछेक बहस सुरु हुनेछ।

पत्रकार सालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। सालिकरामले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भनिएको एक भिडियोमा लामिछाने, कँडेल  र कार्कीका कारण आफू मर्न बाध्य भएको उल्लेख गरेका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।