शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै कार्यालय छिर्दा शरीर खानतलासी गराउँथे एसएसपी भण्डारी

आफ्नै कार्यालय छिर्दा शरीर खानतलासी गराउँथे एसएसपी भण्डारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कुनै पनि सरकारी कार्यालयका प्रमुख आफ्नो कार्यकक्षमा छिर्दा वा निस्कँदा मातहतका कर्मचारीले अभिवादन गर्नु र प्रमुखले अभिवादन स्विकार्नु समान्य मानिन्छ।

अझ सुरक्षा निकायमा त औपचारिक रूपमै बुटसँगै हतियार बजारेर सलामी दिने चलन छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख नेपाल प्रहरीका एसएसपी सन्दीप भण्डारीले भने यो भन्दा फरक शैली अपनाए।

उनले आफ्नै कार्यालय छिर्दा र निस्कँदा सामान्य सिपाहीबाटै आप्mनो सम्पूर्ण शरीर खानतलासी गराएर नयाँ कामको सुरुवात गरे।

किन गरे यस्तो ?

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका हिसाबले अति संवेदनशील मानिन्छ। यहाँको सुरक्षा जिम्मा नेपाल प्रहरीको हातमा छ। फितलो सुरक्षा व्यवस्था र तस्करहरु सँगको मिलेमतोमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र पछिल्लो ५ वर्षमा ३८ सय किलो सुन तस्करी भएको गृहमन्त्रालयको अनुसन्धानबाट खुलासा भएको छ।

यति ठूलो तस्करी तथा भन्सार छलीका घटना उपल्लो तहका प्रहरी हाकिमको मिलेमतो बिना सम्भव छैनन्। एसएसपी भण्डारी भन्छन्, सुरक्षा मजबुती र विगतमा प्रहरीमाथि लागेको आरोप मेटाउने प्रयासमा मैले आफ्नै शरीर खानतलासी गराउन सुरु गरेको हुँ।’ एसएसपी भण्डारी थप्छन्, ‘मैल कुनै चर्चा कमाउन आफ्नै शरीरको तलासी गर्न लगाएको हैन। बरु सुरक्षार्थ खटिने अधिकारी पनि चेकजाँचको दायरामा आउनुपर्छ भनेर यसको थालनी गरेको हुँ। यसले मातहतका प्रहरी कर्मचारी, विमानस्थलमा कार्यरत अन्य कर्मचारी हरूलाई समेत थप संयमित, सजग तथा पारदर्शी बनाउन प्रोत्साहन मिल्छ।’

एसएसपी भण्डारीले भने, ‘विकसित मुलुकका विमानस्थलहरुमा सुरक्षा जाँच गर्ने स्वचालित मेसिन जडान गरिएको हुन्छ। सुरक्षार्थ खटिने प्रहरी कर्मचारीमात्र हैन मन्त्री प्रधानमन्त्री तथा राष्ट्रपतिले समेत यस्तो सुरक्षा जाँच पार गर्नैपर्छ। तर नेपालमा राष्ट्रपति, प्रधानमन्त्री मात्र हैन पहुँचवाला व्यक्ति सिधै विमानस्थल वारपार गर्न सक्छन्। यसले सुरक्षामा प्रश्नमात्र उठेको छैन। तस्करी मौलाउँदै गएको छ।’

भण्डारी थप्छन्, ‘विमानस्थलको सुरक्षामा खटिएका प्रहरी प्रमुख तथा मातहतका सुरक्षाकर्मी विवादमा तानिएपछि प्रहरीको गतिविधिमाथि समेत प्रश्न उठेको थियो। आफू यो विवादबाट जोगिएर काम गर्नु र प्रहरीमाथि लागेको दाग हटाउनु पनि थियो। त्यसका लागि पहिलो काम भनेको सुरक्षार्थ खटिने प्रत्येक प्रहरी कर्मचारी तथा प्रमुखको समेत चेकजाँच गर्नु आवश्यक ठानेर मैले आफ्नै शरीर पनि खानतलासीको थालनी गरेको हुँ।’

विमानस्थलको सुरक्षा प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहत रहेको विमानस्थल सुरक्षा कार्यालयमा वरीयता विवादपछि प्रहरी मुख्यालयले डीआईजी भन्दा एक तह मुनिका एसएसपी सन्दीप भण्डारीलाई सुरक्षा प्रमुखको रुपमा विमानस्थल पठाएको थियो।

विमानस्थलमा खटिने प्रहरी प्रमुखमात्रै हैन सिपाहीको सरुवामा समेत राम्रै सोर्सफोर्स चल्छ। तर फर्कने बेला भने अधिकांश प्रहरी बिवादमा फस्छन्। यसको पछिल्लो उदाहरण हुन्, विमानस्थलको सुरक्षा प्रमुख रहेका तत्कालीन डीआईजी गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत।

तस्करीको आरोप लागेका यी प्रहरी अधिकारी पुर्पक्षका लागि जेल चलान भएका छन्। नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले बुटिक एयरपोर्ट बनाउने योजनामा छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर सुरक्षाका हिसाबले कमजोर, अव्यवस्थित, फोहर तथा कर्मचारीको अभद्र व्यवहारका कारण विमानस्थल नै आलोचित बनेको छ।

पछिल्लो समय विमानस्थल प्रहरीले यी समस्या समाधानको लागि सरसफाई अभियान तथा विदेशी पाहुनालाई शिष्ट तथा मर्यादित व्यवहार सिकाउन प्रहरी कर्मचारीलाई विषेश तालिमसमेत सम्पन्न गरेको छ।

विमानस्थल सुरक्षामा सुधार आएसँगै नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलले अन्तरर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको मान्यता समेत पाएको छ। अन्तरर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ५६औं सम्मेलनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तराष्ट्रिय मान्यता दिने निर्णय गरेको हो।

यो मान्यतासँगै आईकाओ मापदण्डअनुसार प्राधिकरण अन्तर्राष्ट्रिय तालिममा सहभागी हुन र प्रदान गर्न सक्नेछ। फागुन १५ गते विमानस्थल प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका एसएसपी सन्दीप भण्डारीको अहिले प्रहरी मुख्यालय सरुवा गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरन सुरक्षा जाँचको प्रमुखमा डिआइजी सुर्य उपाध्यायलाई सरुवा गरिएपछि भण्डारी मुख्यालयमा सरुवा भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।