बिहीबार, वैशाख १३, २०८१

सिडिओविरुद्ध फेसबुकमा कमेन्ट गर्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– प्रमुख जिल्ला अधिकारीलाई ‘चप्पल हान्नु पर्ने’ भन्दै फेसबुकमा कमेन्ट गर्ने एकजना पक्राउ परेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका विषयमा लेखिएको एउटा फेसबुक स्टाटसमा कमेन्ट गर्ने बारा सिम्रौनगढ नगरपालिका – ७ का २५ वर्षीय सन्नी कुमार गुप्तालाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्जमा कपडा बैङ्क खोल्न सिडिओ कार्यालयमा गएका विनय गिरि तथा आशिष गुप्तालाई यस्तो कामका लागि संस्था चाहिने भन्दै फर्काइएपछि 'मेम वीरगञ्ज' को फेसबुक पेजमा एउटा स्टाटस पोष्ट गरिएको थियो। सोही स्टाटसमा प्रमुख जिल्ला अधिकारीलाई लक्षित गरेर सन्नी गुप्ताले कमेन्ट गरेका थिए।

पर्सा प्रहरीका अनुसार काठमाडौंमा पढ्दै गरेका केही युवाहरूले गरिब र असहायहरूको सहयोगका लागि वीरगञ्जमा कपडा बैङ्क खोल्न खोजेका थिए। त्यसका लागि आवश्यक वातावरण मिलाउन सहयोगका लागि उनीहरु पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई भेट्न गए।

प्रजिअ भट्टराईले कुनै पनि कारोबार गर्न वा स्थायी लेखा नम्बर प्यान कार्ड वा दर्ता भएको संस्था आवश्यक पर्ने बताएपछि उनीहरु फर्किएका थिए।

नेपाल समयसँग कुरा गदै प्रजिअ भट्टराईले भने, ‘संघ संस्था खोल्न आवश्यक कागजपत्र बिनै आएका उनीहरूलाई मैले प्रक्रिया समेत बताएको थिएँ। पछि समाजिक सञ्जालमा जथाभावी लेखेको देखेपछि लेख्नेविरुद्घ साइबर अपराध गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।