शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • १० प्रतिशत फोहरमात्र ल्याण्डफिल साइट लैजाने महानगरको योजना

१० प्रतिशत फोहरमात्र ल्याण्डफिल साइट लैजाने महानगरको योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर बेग्लाबेग्लै संकलन गर्ने भएको छ । यसरी छुट्टाछुट्टै संकलन गर्न थालेपछि करिब १० प्रतिशत फोहरमात्रै ल्याण्डफिल साइटमा पुग्ने महानगरपालिकाको अनुमान छ ।

महानगरपालिकाका भित्री वडाहरू १२, १८ र २१ मा घरेलु फोहोर छुट्टै छुट्टै संकलन गर्ने र त्यसअनुसार घरघरमा पनि कुहिने र नकुहिने फोहर बेग्लाबेग्लै भाँडोमा राख्न महानगरपालिकाले आग्रह गरेको छ । 

वडा नम्बर १८ ले आइतबार सचेतनामुलक ¥याली आयोजना गरेर स्थानीय वासिन्दालाई यसबारे जानकारी गराएको छ । यसरी छुट््याइएको फोहोरमध्ये आइतबार, मंगलबार, बिहीबार र शनिबार हप्ताको ४ दिन कुहिने र सोमबार र बुधबार २ दिन नकुहिने फोहोर संकलन गरिनेछ । 

वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार, कुहिने फोहोर संकलन गर्न हरियो रङ र नकुहिने फोहोर लिन रातो रङको गाडी आउने छ । 

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार, शुरुमा नमूनाका रुपमा तीनवटा वडामा काम सुरू गर्न लागिएको हो ।  यि तीनवडामा कार्यक्रम सफल भएपछि अन्य वडाहरुमा पनि यो कार्यक्रम लागु गरिने उनले बताए । 

श्रेष्ठका अनुसार, यी वडाबाट संकलित कुहिने फोहोर ल्याण्डफिल साइटमा पठाइने छैन । उनी भन्छन, “टेकु ट्रान्सफर साइट नकिज जैबिक फोहोर राख्ने खाल्टो तयार भइसकेको छ । त्यहीं राखेर मल बनाउँछौं ।” 

काठमाडौं महानगरबाट दैनिक करीब ५१६ मेट्रिक टन र उपत्यक भरबाट दैनिक करीब १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने फोहोर नगरपालिकाहरुसँगै केही निजी कम्पनी तथा गैर सरकारी संघसंस्थाले संकलन र ढुवानी गरेर अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल साइट पु¥याउँछन् । 
 
यो प्रणालीमा सुधार गरेर संकलित फोहोरको करीब ६० प्रतिशत रहने जैविक फोहोरबाट कम्पोष्ट मल बनाउने, नकुहिने फोहरमध्ये ३० प्रतिशतलाई रिसाइकल गर्नका लागि बिक्री गरिने र बाँकी १० प्रतिशतमात्रै अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा पु¥याउने महानगरको योजना छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।