धनगढी– कैलालीमा हिँडिरेहेका अवस्थामा बाटोमा लडेर महिलाको ज्यान गएको छ ।
जिल्लाको भजनी नगरपालिका–१ बस्ने ७० वर्षीय खुलसी डगौराको बाटोमा लडेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार आफन्तको घर जाने क्रममा बाटोमा लडेर उनी घाइते भएकी थिइन् । घाइते डगौरालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, भजनी लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४