एजेन्सी-स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडसँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा मड्रिडले भालाडोलिडसँग १-१ को बराबरी खेलको हो ।
घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मड्रिडले अंक बँढ्न बाध्य भएको हो । पलिहो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरेका हुन ।
मड्रिडका लागि करिम बेन्जिमाले गोल गरेका थिए भने भालाडोलिडका सेर्गी ग्वार्डीवलाले एक गोल गरेका हुन् । खेलको ८२ औं मिनेटमा बेन्जिमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, त्यो अग्रता लामो समय टिक्न सकेन । बेन्जेमाले गोल गरेको छ मिनेट नबित्दै भालाडोलिडका ग्वार्डीवलाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि दुवैबाट कुनै थप गोल हुन नसकदा अंक बाढ्न बाध्य भएका हुन् ।
यस बराबरीसँगै दुबै टोलीले समान दुई दुई खेलबाट समान चार चरा अंक जोडेको छ । अ.क तालिकामा रियल दोस्रो र भालाडोलिड तेस्रो स्थानमा रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४